देश अहिले आन्दोलनले तात्या बेला न्वाँकोट भने खेलमय भएको सत्ताको नेतृत्व गर्ने उखानेबाको मादलले महसुस गर्न नपा’को देख्दा त्रिनेत्रलाई खल्लो पो लाग्या छ । सत्ताको नेतृत्व गर्ने दलले जिल्ला तहको नियुक्तिमा हात धुन परेपछि जस्तोसुकै गाडी चढेर जुनसुकै पहिरनमा आएनि’ कार्जेक्रमहरूमा भन्या जस्तो तहको सिट नपाएसि’ हिस्स बुढी हरिया दाँत देख्नुपर्दानि’ तिनआँखेलाई दया मात्र लाग्या छ । गठबन्धनबाट जिल्लाले चिफ मिनिस्टर पाएकामा कांग्रेसजन नै बेखुस भइरहेका अवस्थामा कँडहरू प्रमुख अतिथि, विशेष अतिथि हुन नपाउँदा खुसी हुने त कुरै भएन नि ? मुख्यमन्त्री राष्ट्रियस्तरको तेक्वान्दो प्रतियोगिताको निर्णय गराएर जिल्ला खेलकुद समितिले जिल्लामा गोरू जुधाउने प्रवृत्ति थालनी गरेकाले खेलकुदमार्फत पर्यटन प्रवद्र्धन नभएनि’ केही थान कार्जेकर्ता रोजगार हुँदा यसो भोट त बढ्ला कि, कसो गाण्डीवधारी दादा ?
प्रतिक्रिया