काठमाडौं । गायक पृथ्वी खनाल भोइस अफ नेपाल-२ बाट चर्चा बटुल्न सफल गायक हुन् । फरक शैलीमा विभिन्न गीतमार्फत पहिचान बनाएका सशस्त्र प्रहरी बलका ईन्स्पेक्टर समेत रहेका खनालले अर्को नयाँ गीत ‘मन सानो’ गत हप्ता सार्वजनिक गरेको छ ।
उनकै शब्द र संगीत रहेको गीतमा शाहस शाक्यको संगीत संयोजन रहेको छ । गीतमा भोइस अफ नेपाल-६ का सेमिफाइनलिस्ट इन्द्रकला राईको आवाज सुन्न सकिन्छ । उनलाई साथ दिएका छन् दृष्टिबिहिन प्रतिभा विकास थारुले । म्युजिक भिडियो लोकेन्द्र सुब्बाले निर्देशन गरेका छन भने रोश्नी कार्की र पृथ्वी खनालले त्यसमा अभिनय गरेका छन् ।
प्रतिक्रिया