+
Search

ताजा अपडेट +

पपुलर +

सातौँ खुल्ला लोक नृत्य प्रतियोगिता सम्पन्न

सातौँ खुल्ला लोक नृत्य प्रतियोगिता सम्पन्न
त्रिशूली प्रवाह
१ साल अगाडी

कोलनी । सुन्दरादेवी सन्देश साप्ताहिक र स्पार्कल इन्टरनेशनल स्कुल, कोलनी, नुवाकोटको संयुक्त आयोजनामा शुक्रबार ‘सातौँ खुल्ला लोकनृत्य प्रतियोगिता’ सम्पन्न भएको छ । विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठको उपस्थितिमा प्रतियोगिता उत्कृष्टलाई नगद पुरस्कारसहित सम्मान गरिएको थियो ।

Satkar Machinery Center
Utsuk Books & Stationery

नुवाकोटबाट प्रकाशन हुँदै आएको सुन्दरादेवी सन्देश साप्ताहिक संयोजनमा सुजिम बजार मुख्य प्रायोजक रहेको उक्त प्रतियोगितामा समूहतर्फ निर्मल तामाङ डान्स एण्ड फिटनेस सेन्टर (जुनियर) प्रथम, सोही सेन्टरको (सिनियर) समूहले द्धितीय स्थान प्राप्त गरेको छ । सेई वोर्डिङ स्कुल छहरेको समूहले तृतीय स्थान जितेका छन् । पहिलोलाई रू. १५ हजार, दोश्रोलाई रू. १० हजार र तेश्रोलाई रू.सात हजार नगद पुरस्कार प्रदान गरिएको थियो । प्रतियोगिताको एकल विद्यातर्फ निर्मल तामाङ डान्स एण्ड फिटनेस सेन्टरकी आर्या कार्कीले प्रथम भई रू. ११ हजार एकसय ११, द्धितीय भएकी गुडविल एकेडेमी पिपलटारकी छात्रा विनु विकले रू.छ हजार छ सय ६६ र तृतीय भएकी ओममाने पव्लिक स्कुल गेर्खुटारकी छात्रा स्मारिका विकले रू.तीन हजार तीन सय ३३ नगदकासाथ ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् ।

सोही कार्यक्रममा कला, संस्कृति, नृत्य, संगीतमा योगदान पुर्याएको जनाउँदै विविध क्षेत्रका व्यक्ति तथा संस्था गरी २५ लाई सम्मान गरिएकोे थियो । आयोजक सुन्दरादेवी सन्देश साप्ताहिकका प्रबन्ध निर्देशक किरण अधिकारीले आगामी वर्ष पनि सहयोग जुटाएर कार्यक्रम गर्ने प्रतिबद्धता जनाउनुभयो ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह