+
Search

ताजा अपडेट +

पपुलर +

परम्परागत सिपलाई प्रविधिसँग जोड्ने : उपप्रमुख चण्डिका

परम्परागत सिपलाई प्रविधिसँग जोड्ने : उपप्रमुख चण्डिका
त्रिशूली प्रवाह
१ साल अगाडी

धुन्चे । आमाछोदिङ्मो गाउँपालिकाले परम्परागत सिपलाई प्रविधिसँग जोडेर महिलालाई उद्यमी बनाउने नीति अगाडि बढाएको छ । गाउँपालिकाकी उपप्रमुख चण्डिका तामाङले एकमहिने सिप विकास तालिमको गत हप्ता शुभारम्भ गर्दै परम्परागत सिपलाई प्रविधिसँग जोडेर अगाडि बढाउने प्रतिबद्धता जनाएकी छिन् । उनका अनुसार यस्ता कार्यक्रमले महिला सशक्तीकरणसहित सांस्कृतिक सम्पदा जोगाउने काम गर्छ ।

Satkar Machinery Center
Utsuk Books & Stationery

उद्योग तथा वाणिज्य कार्यालय रसुवाको समन्वयमा तामाङ पहिरनको संरक्षण गर्न रसुवाका महिलालाई एकमहिने सिप विकासअन्तर्गत सिलाइबुनाइ तालिम सुरु गरिएको छ । जिल्लाको आमाछोदिङ्मो गाउँपालिका-४, गोल्जुङका महिला यतिवेला आफ्ना पुर्खाको पाइलामा हिँड्न हातेतानमा कपडा बुन्न थालेका हुन् । उनीहरूले तामाङ संस्कृतिको मौलिक पहिरन तयार पार्न सिप सिकिरहेका हुन् । कार्यालयका अनुसार महिलाले श्यामा, पाङ्घाप, टोपी, मोजा, पटुका, गलबन्दी, गन्जीजस्ता तामाङ समुदायका सांस्कृतिक वस्त्रलाई आधुनिक बजारसम्म पु¥याउने लक्ष्यसहित तालिम दिइएको हो । ‘बुबाबाजेको पालादेखि चल्दै आएको सिपलाई हामीले फेरि समातेका छौँ,’ तालिममा सहभागी एकजना महिलाले भन्नुभयो, ‘यो हाम्रो पहिचान मात्र होइन, अब आम्दानीको स्रोत पनि बन्नेछ ।’ घरको काम सकेर फुर्सदको समयमा हातेतानमा कपडा बुन्ने काम सुरु गरेका महिलालाई वडाले थप सहयोग गर्ने जनाएको छ । ‘बजार राम्रो भएकाले महिलाको आम्दानीमा पनि टेवा पुग्नेछ,’ वडाध्यक्ष धर्म तामाङले त्रिशूली प्रवाह साप्ताहिकलाई बताए ।

Suzuki New Bike & Scooter

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह