+
Search

ताजा अपडेट +

पपुलर +

तेस्रो आँखा

तेस्रो आँखा
त्रिशूली प्रवाह
४ हप्ता अगाडी

सम्पदा संरक्षणका नाममा अहिले न्वाँकोटतिर तीन तहका सरकारबिच कनिका छरेजसरी बजेट विनियोजनमा तँछाडमछाड भइरहेको त्रिनेत्रले छर्लङ्गै देखिरा’छ । जिल्लाको पुरानो सदरमुकाम रहेको न्वाँकोटाँ सम्पदा जोगाउने भनी सिमेन्टी घस्ने प्रवृत्तिमाथि बजेट ओइराएपछि त केहीको अर्थाेपार्जन भएकै छ । मल्ल र शाहकालीन पुरातात्विक वस्तुमा सिमेन्ट दल्नेका मुखाँ हाँनुजस्तो लाग्ने क्या ! अधिकारकर्मी र अभियन्ता हुँ भन्नेले भेउ नपाएका हुन् कि अल्पज्ञानले हो, स्थानीयवासी बिचरा के बोलून् ? कुनै वेला देशकै दोस्रो राजधानी क्षेत्रका प्राचीन चैत्य, सिँढी भत्काउँदै पदमार्ग निर्माण हुँदै गर्दा सम्पदा क्षेत्रको जग्गा अतिक्रमण भएको पनि तिनआँखेले चाल पाइहाल्यो । दरबार पुनर्निर्माणमा चाइनिजले समस्या देखायो भने के गर्ने भनी नगरपालिकाका जनप्रतिनिधि जग्गा अतिक्रमण फिर्ता ल्याउन नसक्दा पुर्पुरो समाउँदै भोट घट्ने चिन्तामा मुखामुख पो गर्दै छन् बा !

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह