+
Search

ताजा अपडेट +

पपुलर +

नुवाकोट मनमोहक र आकर्षक छ : मनिषा कोइराला

नुवाकोट मनमोहक र आकर्षक छ : मनिषा कोइराला
त्रिशूली प्रवाह
१ महिना अगाडी

विदुर । अभिनेत्री मनिषा कोइरालाले शुक्रबार र शनिबार नुवाकोटको ऐतिहासिक, पुरातात्त्विक एवं धार्मिक सम्पदाको स्थलगत भ्रमण अवलोकन गर्नुभएको छ । सो अवसरमा उहाँले नेपाल एकीकरणपछि केही समय देशको राजधानीसमेत रहेको नुवाकोट मनमोहक र आकर्षक रहेको बताउनुभयो ।

प्रथम निर्वाचित प्रधानमन्त्री बिपी कोइरालाकी नातिनी कोइरालाले स्थानीय सम्पदा तथा विभिन्न धार्मिक, ऐतिहासिक वस्तुको प्रशंसा गरेको विदुर-२ का वडाध्यक्ष दीपक कायस्थले जानकारी दिनुभयो । नुवाकोटको प्रसिद्ध साततले दरबार, भैरवी मन्दिर, निर्माणाधीन स्वयम्भू चैत्य, अशोकबाटिका क्षेत्रमा स्थलगत पैदल यात्रा गरेर उहाँ शनिबार फर्किनुभएको भएको थियो । चार सहयोगीका साथ आउनुभएका कोइराला फेमस हाउसमा एक रात बसेर फर्किनुभएको हो । चर्चित अभिनेत्री कोइरालाले नुवाकोट क्षेत्र निकै राम्रो लागेको, संरक्षण कार्य भइरहेकोमा खुशी व्यक्त गरिन् ।

नेपाली चलचित्र फेरि भेटौँला (विसं २०४५ तिर) र धर्ममा अभिनय गर्नुभएका कोइरालाले पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेसँगै निर्माण गरेको ऐतिहासिक साततले दरबार निकै कलात्मक र वास्तुकलामा चमत्कार रहेको स्थानीयवासीसँगको कुराकानीका क्रममा बताउनुभएको थियो । अभिनेत्री कोइरालाले गरेको नुवाकोट भ्रमण र प्रशंसासँगै कला क्षेत्रका पारखीले नुवाकोटका विभिन्न स्थानलाई आफ्नो चलचित्र छायाङ्कनको गन्तव्य बनाउने नुवाकोटबासीले अपेक्षा गरेका छन् । उहाँ सन् ९० का दशकमा भारतीय चलचित्रमा चर्चित अभिनेत्रीका रूपमा उदाउनुभएको थियो ।

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह