+
Search

ताजा अपडेट +

पपुलर +

तेस्रो आँखा

तेस्रो आँखा
त्रिशूली प्रवाह
१ महिना अगाडी

स्थानीय तहमा बेरुजु नियन्त्रण गर्नु र राजावादीले राजतन्त्र फर्काउँछु भन्नु उस्तैउस्तै पो भाछ’ भन्या’ । न्वाँकोटको जेठो पालिका सम्पत्ति संरक्षणमा असफल भा’ भनम् कि वेबास्था गर्या ठानम्, जिल्लाभरिकै सुनको टुक्रा मानिने क्षेत्रमा ३५ रोपनी जग्गा स्थानीयवासीबाट निःशुल्क पाएर बसपार्क ऋणमा बनाएको डेढ दशक हुँदा नि’ सञ्चालन गर्न नसक्नु दुर्भाग्य नै होइन र ? बट्टार बसपार्कलाई ड्राइभिङ सेन्टर र व्यापारीको गोदाम क्षेत्र बनाएसि’ गुरु गोविन्दसिंहका शिष्यहरूले सवारीसाधन सडक र बजार क्षेत्रमा असरल्ल नगरेर के गरून् त गाँठे ! जनप्रतिनिधि व्यक्तिगत सम्पत्ति संरक्षणमा सफल भएनि’ पालिकाको सम्पत्ति संरक्षण गर्न कुन्नि केले रोक्यो, बाराही र कानदेवी नै जानून् । शौचालय भत्काउन र बनाउन ह्याट्रिक गर्ने नपा १५ वर्षअगाडि रु. १५ लाखमा सञ्चालनको ठेक्का लागेको बसपार्क १५ वर्षपछि बढ्नुपर्नेमा रकम घट्दै गएकामा जग्गादाताको मन रोएको कसले देखोस् र ! हे राजन्, रु. ३६ लाखको शौचालय बनाएर सुशासन र पारदर्शितामा गिनिज वल्र्ड रेकर्डस्मा राख्ने तयारी कार्यपालिका बोर्डले गरिराखेको भन्दा कसैगरी पाप नलागोस् है । सञ्चालन नभए नि’ बर्सेनि मर्मतसम्भारमा भने ठुलै बजेट सदरमुकामको केन्द्रमै खर्च गरिरहेको अख्तियारले धरी चाल नपाउनु अचम्मै भएन र !

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह