+
Search

ताजा अपडेट +

पपुलर +

बृहत् स्वास्थ्य शिविरमा एक सय सातको भिडियो एक्सरे

बृहत् स्वास्थ्य शिविरमा एक सय सातको भिडियो एक्सरे
त्रिशूली प्रवाह
१ महिना अगाडी

तुप्चे । विदुर नगरपालिका-७ को आयोजना र नेपाल प्रहरी अस्पताल काठमाडौँको प्राविधिक सहयोगमा शनिबार तुप्चेमा निःशुल्क बृहत् स्वास्थ्य शिविर सम्पन्न भएको छ । चण्डेश्वरी माविको भवनमा सम्पन्न शिविरमा तीन सय ६० जनाको स्वास्थ्य परीक्षण गरेकामध्ये एक सय सातको रेडियोलोजी (भिडियो एक्सरे) गरेको आयोजकले जानकारी दिएको छ ।

स्थानीय सङ्घ-संस्थाको व्यवस्थापनमा भएको शिविरमा प्रहरी अस्पतालका विशेषज्ञ चिकित्सकसहित १५ जनाको टोलीले स्वास्थ्य परीक्षण गरेको थियो । उक्त दिन दुई सय ४७ महिला र एक सय १३ पुरुषले सेवा लिएको वडाध्यक्ष रवीन्द्र नेपालले जानकारी दिए । वडाध्यक्ष नेपालले बताएअनुसार शिविरमा हाडजोर्नी, मेडिसिन, स्त्री तथा प्रसूति रोग, बालरोग सर्जरी, रेडियोलोजी, नाक, कान, घाँटी रोग र यौन तथा चर्मरोगसम्बन्धी स्वास्थ्य परीक्षण र निःशुल्क औषधि वितरण गरिएको छ । शिविरको निरीक्षण गर्न प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) डा.मनोजकुमार सापकोटा केसी आएका थिए । एकदिने उक्त शिविरलाई सहयोग गर्न तुप्चे-काठमाडौँ एकता समाजका अध्यक्ष सीताराम थापा, उपाध्यक्ष कृष्णबहादुर सापकोटा केसी, पूर्वअध्यक्ष उज्ज्वलजंग ठकुरीसहित पदाधिकारी र सदस्यको समेत सक्रियता रहेको आयोजकले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह