बगुवा । विदुर–८, बगुवा बजारस्थित पञ्चकन्या माईको मन्दिर प्राङ्गणमा शनिबारदेखि श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ लगाइने भएको छ । नेपाल एकीकरणका क्रममा नुवाकोट आक्रमण गर्न आएका गोरखाका राजा पृथ्वीनारायण शाहले स्थापना गरेको भनिएको मन्दिर प्राङ्गणमा अष्टमातृका मूर्ति स्थापना, भौतिक पूर्वाधार निर्माण, नियमित पुजारी व्यवस्थापनार्थ महायज्ञ गर्न लागिएको आयोजक पञ्चकन्या सेवा समितिका अध्यक्ष सुमन श्रेष्ठले जानकारी दिए । बगुवा, राइसिङ्गे, माझीगाउँ, केउरिनी इलाकाको ग्रामदेवी तथा नगरपालिका क्षेत्रकै इष्टदेवी पञ्चकन्यामाई मन्दिरमा दैनिक पूजापाठ तथा समयसमयमा भजनकीर्तन तथा यज्ञयज्ञादि, धार्मिक क्रियाकलाप एवम् वनभोज कार्यक्रम भइरहेका छन् ।
यही जेठ १७ देखि सुरु भई २५ गते आइतबार समापन एवम् पूर्णाहुति हुने कार्यक्रम छ । ज्ञान महायज्ञमा पण्डित दीपकप्रसाद पौडेलले विभिन्न देवलीला, जनचेतनामूलक नाटक प्रस्तुतिसहित सङ्गीतमय कथा वाचन गर्नेछन् । कार्यक्रमका संरक्षकमा विदुर नगरपालिका र सहसंरक्षकमा विदुर– ८ कार्यालय रहेको मूल समारोह समितिका संयोजक श्रीकृष्ण रिजालले जानकारी दिए । सो अवधिमा रु. एकदेखि रु. चार सय ९९ सम्म सहयोग गर्नेको नाम दानपत्रमा राखिनेछ । त्यसैगरी रु. पाँच सयदेखि रु. नौ सय ९९ सम्म सहयोग गर्नेको नाम वाचन गरिने, रु. एक हजारदेखि रु. एक हजार नौ सय ९९ सम्म सहयोग गर्नेलाई फूल, टीका, प्रसाद प्रदान, रु. दुई हजारदेखि चार हजार नौ सय ९९ सम्म सहयोग गर्नेलाई मण्डपमै टीका, प्रसाद प्रदान गरिने, रु. पाँच हजारदेखि रु. नौ हजार नौ सय ९९ सम्म सहयोग गर्नेको नाम शिलालेखमा राखिने, रु. १० हजारदेखि रु. २४ हजार नौ सय ९९ सम्म सहयोग गर्नेलाई आजीवन सदस्यता र सम्मानपत्र प्रदान, रु. २५ हजारदेखि रु.४९ हजार नौ सय ९९ सम्म सहयोग गर्नेलाई श्रेयष्कर सम्मानपत्र प्रदान गरिने बताइएको छ ।
दानवीरलाई अबिरयात्रा
सो अवधिमा रु. ५० हजारदेखि ९९ हजार नौ सय ९९ सहयोग गर्नेलाई दानवीर घोषणा गरी सम्मानपत्र प्रदान गरिने रु. एक लाखदेखि माथि सहयोग गर्नेलाई बाजागाजासहित अबिरयात्रा गराई मानार्थ सम्मानपत्र प्रदान गरिनेछ । महायज्ञ अवधिभर सामूहिक व्रतबन्ध, तुलादान, चौरासी पूजा, गुन्युचोलीसहित अन्य शुभकार्य गर्न सकिने आयोजकले जनाएको छ । समिति आव ०४९/५० मा सङ्घसंस्था ऐनअन्तर्गत जिल्ला प्रशासन कार्यालयमा दर्ता भए पनि सक्रिय हुन नसकेपछि गत वैशाख २२ गते विशेष साधारणसभा गरेर पुनर्गठन गरिएको थियो । पुनर्गठित समितिको पहिलो बैठकले पञ्चकन्या माईको प्रचारप्रसार गरिने, स्रोत जुटाइने तथा भौतिक पूर्वाधार निर्माण गर्ने निर्णय गरेको थियो । विशेष सभाले पुनर्गठित समितिका अध्यक्षमा सुमन श्रेष्ठ, उपाध्यक्षमा चन्द्रबहादुर घले, सचिवमा पार्वती अधिकारी, कोषाध्यक्षमा विनोद श्रेष्ठ तथा सदस्यमा मनमाया तामाङ, सुष्मा गुरुङ, रामबाबु श्रेष्ठ, कुमार श्रेष्ठ, सुदीप श्रेष्ठ, केशवप्रसाद सापकोटा, राजु प्रजापति, राजकुमार श्रेष्ठ, कृष्णबहादुर श्रेष्ठ, दलबहादुर श्रेष्ठ, नारायण श्रेष्ठ, चिरकाजी प्रजापति, लक्ष्मण श्रेष्ठ र रुद्रमान श्रेष्ठलाई चयन गरेको छ ।
सभाले संस्थापक तथा संरक्षकमा सुमन श्रेष्ठलाई चयन गरेको छ । समितिका प्रमुख सल्लाहकारमा रामकृष्ण श्रेष्ठ र सल्लाहकारमा हिमबहादुर श्रेष्ठ, बाबुकाजी श्रेष्ठ, शिवकृष्ण श्रेष्ठ, बद्रीलाल श्रेष्ठ, नारायणमान श्रेष्ठ, सोमबहादुर श्रेष्ठ र राधेश्याम श्रेष्ठलाई चयन गरेको छ । महायज्ञलाई व्यवस्थित र भव्य रूपले सम्पन्न गर्न कार्यविभाजन गरिएको सचिव अधिकारीले बताए । उनका अनुसार विभिन्न समितिमध्ये प्रचारप्रसारमा राजु प्रजापति, आर्थिकमा विनोद श्रेष्ठ, आवास तथा भोजनमा कुमार श्रेष्ठ, स्वास्थ्यमा पार्वती अधिकारी, अतिथि सत्कारमा सुष्मा गुरुङ, पूजा व्यवस्थापनमा केशवप्रसाद सापकोटा संयोजक रहेको उपसमिति गठन गरेर परिचालन भइरहेको छ । समितिका संरक्षक तथा संस्थापकमा सभाले ज्ञानकुमार श्रेष्ठ, दलबहादुर श्रेष्ठ, नारायण श्रेष्ठ, चिनकाजी प्रजापति, लक्ष्मण श्रेष्ठ र रुद्रमान श्रेष्ठलाई चयन गरेको निवर्तमान अध्यक्ष कृष्णबहादुर श्रेष्ठले बताए ।
प्रतिक्रिया