विदुर । वागेश्वरी मावि, सूर्यगढी-३, चोगदे नुवाकोटको हीरकजयन्ती समारोहको उद्घाटन गर्न पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार आउँदै हुनुहन्छ । जिल्लाकै पुरानो माध्यमिक विद्यालयमध्येको वागेश्वरी मावि विसं २००८ मा स्थापना भएको थियो । विसं २०२२ मा मिडिल स्कुल (निमावि), विसं २०३७ मा मावि र विसं २०६१ मा उमावि कक्षा ११-१२ र विसं २०७९ मा प्राविधिक विद्यालय सञ्चालन गरिएको प्रधानाध्यापक जनार्दन अधिकारीले बताउनुभयो ।
कार्यक्रमका अवसरमा हीरकस्तम्भ अनावरण गरिने र विद्यार्थी तथा पूर्वशिक्षक, पूर्वसञ्चालक समितिका पदाधिकारी एवं सहयोगी दातालाई सम्मान गरिने रहेको बताइएको छ । सो अवसरमा बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङ विशेष अतिथि रहने विद्यालयले जनाएकोे छ ।
प्रतिक्रिया