+
Search

ताजा अपडेट +

पपुलर +

दोस्रो हुने टोली सम्मानित

दोस्रो हुने टोली सम्मानित
त्रिशूली प्रवाह
२ हप्ता अगाडी

बट्टार । गत वैशाख २५ र २६ गते जयनेपाल स्पोर्टस् धादिङले धादिङबेँसीमा आयोजना गरेको बागमती प्रदेश खुला तेक्वान्दो प्रतियोगितामा पदक विजेता नुवाकोटका खेलाडीलाई शनिबार तेक्वान्दो सङ्घले सम्मान गरेको छ ।

नुवाकोटको प्रतिनिधित्व गर्दै नुवाकोट तेक्वान्दो सङ्घमा आबद्ध सेभेन हिल्स तेक्वान्दो डोजाङले भाग लिएको प्रतियोगितामा २० टिमले भाग लिएका थिए । सो प्रतियोगितामा नुवाकोटले आठवटा गोल्ड, दुईवटा सिल्भर र ६ वटा ब्राउन मेडल जितेर दोस्रो भई नगद रु.५० हजार प्राप्त गरेको थियो । सो कार्यक्रममा तेक्वान्दो सङ्घका अध्यक्ष शरणउत्सुक सापकोटा, कोषाध्यक्ष रामचन्द्र तामाङ, प्रमुख प्रशिक्षक श्रीकृष्ण श्रेष्ठ, सेभेन हिल्स् तेक्वान्दो डोजाङ बट्टारका प्रशिक्षक रञ्जन तामाङलगायतले खेलको माध्यमबाट जिल्ला, देशलाई चिनाउन सकिने बताएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह