+
Search

ताजा अपडेट +

पपुलर +

धादिङ : चक्रपथ कालोपत्रे सुरू

धादिङ : चक्रपथ कालोपत्रे सुरू
त्रिशूली प्रवाह
२ हप्ता अगाडी

धादिङबेँसी । नीलकण्ठ नगरपालिकामा चक्रपथ कालोपत्रे गर्ने काम दु्रतगतिमा भइरहेको छ । नगरपालिकाका १४ वटै वडा जोड्ने ९५ किलोमिटर लामो चक्रपथमा पाँच स्थानबाट कालोपत्रे गर्ने कार्य सुरू भएको हो ।

हाल धादिङ जिल्लाका ससाह-ज्यामिरे, हटिया, गोलाभन्ज्याङ, वडा नम्बर-११ र १३ जोड्ने स्याउली भाङखर्क खण्ड तथा रघु माविदेखि खाल्टेसम्मको खण्डमा कालोपत्रे गर्ने काम भइरहेको छ । यी खण्डमा निर्माणका लागि विभिन्न लागत विनियोजन गरिएको छ । ससाह-ज्यामिरे खण्ड र हटिया जोड्ने सडकका लागि रू.१० करोड बजेट छुट्याइएको छ । गोलाभन्ज्याङ खण्डका लागि रू.दुई करोड रहेको छ । वडा नम्बर-११ र १३ जोड्ने सडकखण्डका लागि रू.६५ लाख, स्याउली भाङखर्क जोड्ने खण्डका लागि रू.५० लाख र रघु माविदेखि खाल्टे जोड्ने सडकखण्डका लागि रू.एक करोड बजेट विनियोजन गरिएको नगरप्रमुख भीमप्रसाद ढुङ्गानाले बताउनुभयो ।

नगरपालिकाले विभिन्न दातृ निकाय र सङ्घ संस्थासँग सहकार्य गरी आवश्यक बजेट सङ्कलन गरेको हो । चक्रपथ निर्माणपछि नगरभित्रको आवागमन सहज हुने नगरप्रमुख ढुङ्गानाले बताउनुभयो । आर्थिक, सामाजिक तथा पर्यटन विकासमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह