+
Search

ताजा अपडेट +

पपुलर +

तेस्रो आँखा

तेस्रो आँखा
त्रिशूली प्रवाह
२ महिना अगाडी

दुई साताअगाडि तामझामका साथ चलचित्रघरको न्वाँकोट, बट्टारमा उद्घाटन भयो । भूकम्पपछि बन्दैजस्तो रहेको जगदम्बालाई नयाँ व्यवस्थापनमा शिवालय सिनेप्लेक्समा पो परिणत गराइएछ । माता जगदम्बाका ठाउँमा पिता शिव किन फेरिएको भन्नेचाहिँ बुझ्नै गाह्रो भो । चलचित्र विकास बोर्डकै अध्यक्ष दिनेश डिसीको उपस्थितिमा शुभारम्म गरिएको सिनेमा हल भैँचालाका झट्काले रातो घेरामा परेको कसैले चालै पाएनन् भन्या । नगरवासी त त्यसै दङ्ग छन् । सिनेमा हल पुनः सञ्चालन स्वीकृति दिने निकायले प्राविधिक अवस्थालाई आँखा चिम्लिदिँदा सञ्चालकको लगानी बालुवामा पानी भएपछि स्थानीय सरकार र स्थानीय प्रहरी प्रशासन अहिले प्राविधिक जाँच नगराएर के गरून् त ? सञ्चालकलाई नगरवासीले फिलिम हेर्ने सुविधा दिएकामा धन्यवादसहित चलचित्रघर बन्द भएमा बिचराबाहेक के भन्न सक्छन् र ? रङ्रोगनले विवाहमण्डप सिँगारेजसरी सिँगारेपछि २०७२ को गोरखा भूकम्पपछि चलचित्रघर कहिले बनेको हो, दर्शकले सोध्नै भ्याएनन् । सिनेमा हल सञ्चालन भएनि’ दुर्घटना रोक्ने काम त जालपादेवी र भैरवीमाईकै हुने त हो नि’ भनेर प्रशासन र प्रहरी ढुक्कै भएको तिनआँखेले प्रस्टै देखिदियो ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह