+
Search

ताजा अपडेट +

पपुलर +

पञ्चकन्या मन्दिरमा सम्पन्न महायज्ञमा रु. १८ लाख बचत, साढे १८ लाखको प्रतिबद्धता

पञ्चकन्या मन्दिरमा सम्पन्न महायज्ञमा रु. १८ लाख बचत, साढे १८ लाखको प्रतिबद्धता
त्रिशूली प्रवाह
१ साल अगाडी

बगुवा । नुवाकोट जिल्ला विदुर नगरपालिका-८, बगुवामा रहेको प्रसिद्ध पञ्चकन्या माईको मन्दिरमा गत महिना सम्पन्न श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ कथा प्रवचन २०८२ मा रु. ३३ लाख २५ हजार एक सय ३३ विभिन्न शीर्षकमा आम्दानी भएको छ ।

Utsuk Books & Stationery

गत जेठ १० देखि २५ गतेसम्म आयोजित महायज्ञका लागि रु. १५ लाख ६ हजार तीन सय २५ खर्च भई रु. १८ लाख १८ हजार आठ सय आठ बचत भएको विवरण सोमबार पञ्चकन्या सेवा समितिले सार्वजनिक गरेको छ । समितिका अध्यक्ष सुमन श्रेष्ठले प्रस्तुत गर्नुभएको आय-व्यय विवरणअनुसार रसिदबाट नगद सङ्कलन रु. ३१ लाख १४ हजार नौ सय ४३, चन्दा सङ्कलन रु. ८१ लाख तीन सय १०, चन्दा बाकस र मन्दिरमा चढाएको भेटी रु. ९९ हजार १० र सामान बिक्रीबाट प्राप्त नगद रु. २९ हजार आठ सय ७० आम्दानी भएको छ । समितिले बचत भएको रकममध्येबाट रु. १० लाखको अक्षयकोष स्थापना गर्ने र उक्त कोषको प्राप्त ब्याजबाट मन्दिरका पूजा सामग्री र पुजारी व्यवस्थापन गर्नेसमेत निर्णय गरेको छ । महायज्ञका खर्चमध्ये स्टेसनरी तथा छपाइमा रु. २४ हजार आठ सय ३०, खाद्यान्न रु. एक लाख चार हजार दुई सय ३०, गुरुवर्ग र पूजा सामग्री खरिदमा रु. ११ लाख १८ हजार ६ सय २५, ढुवानी तथा गाडी भाडा रु. २० हजार आठ सय, बाजामा रु. १५ हजार, रामनामी दोसल्ला, माला, मायाको चिनोलगायतमा रु. ६८ हजार पाँच सय, कपडा खरिदमा रु. २२ हजार तीन सय, कामदार ज्याला, क्याटरिङसहित रु. ५१ हजार आठ सय, रङ, बिजुली, धारा, टेबल मर्मतमा रु. २२ हजार ३०, प्रचार–प्रसारमा रु. ३२ हजार, अन्य खर्च रु. २० हजार दुई सय भएको जानकारी गराइएको छ । महायज्ञ अवधिभर उपस्थित हुनुभएका व्यक्ति र सङ्घसंस्थाबाट रु. १८ लाख ५१ हजारको प्रतिबद्धता व्यक्त गरिएकोसमेत समितिले सार्वजनिक गरेको छ । प्रतिबद्धताअनुसार विदुर नगरपालिकाका प्रमुख राजनलाल श्रेष्ठबाट रु. १० लाख, विदुर-१ का वडाध्यक्ष लेनिन रञ्जितबाट रु. ५० हजार, विदुर-११ का वडाध्यक्ष बाबुराम तामाङबाट रु. ५० हजार, विदुर–१३ का वडाध्यक्ष भरत तामाङबाट रु. एक लाख, म्यागङ गाउँपालिका अध्यक्ष आशा तामाङबाट रु. एक लाख ५१ हजार रहेको छ ।

मन्दिरको भौतिक संरचना तथा गुरुयोजना निर्माणका लागि आयोजना गरिएको श्रीमद्भागवत सप्ताह महायज्ञका शुभारम्भ नेपाली काङ्ग्रेसका नेता तथा नुवाकोट प्रतिनिधिसभा क्षेत्र नं. २ का सांसद अर्जुननरसिंह केसीले गर्नुभएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह