+
Search

ताजा अपडेट +

पपुलर +

नागढुङ्गा-मलेखु सडकको दोस्रोपटक म्याद थप

त्रिशूली प्रवाह
३ हप्ता अगाडी
  • विश्व बैंकको आर्थिक सहयोगमा नागढुङ्गा-मुग्लिन सडकखण्ड तीन प्याकेजमा विभाजन गरी सुधार तथा विस्तार भइरहेको छ, जसले काठमाडौं आउने-जाने यात्रुको घण्टौँको जाम समस्या हटाउने लक्ष्य राखेको छ ।
  • तीन प्याकेजमा निर्माण प्रगति ।
  • प्याकेज १ मा पहिलो र दोस्रो चरणको बिबिएम बिछ्याउने काम सकिँदै छ, तेस्रो चरणमा ५ सेन्टिमिटरको कालोपत्रे (आक्सफाल्ट) बाँकी छ । प्याकेज २ मा हालसम्म ११ किलोमिटर क्षेत्रमा बिबिएम बिछ्याइएको छ ।
  • आगामी एक महिनाभित्र बिबिएम बिछ्याइसकिने र त्यसपछि बर्खायाममा सडक जाम नहुने परामर्शदाता पौडेलको भनाइ छ । तिहारसम्म प्याकेज १ को सम्पूर्ण कालोपत्रे कार्य सकिने लक्ष्य छ ।
  •  खानीखोलामा आकासेपुल बनाउने कार्य अघि बढेको छ । तर, प्याकेज २ का विभिन्न स्थानमा डिजाइन गरिएका पुलहरू स्थानीय बस्तीनजिक परेकाले चुनौतीपूर्ण छन् र निर्माण हुने सम्भावना कम छ ।

धादिङबेँसी । ६८ जिल्लाका मानिसले काठमाडौँ आवतजावत गर्ने नागढुङ्गा जाममा घण्टौँ बसेर काठमाडौँ पुग्ने र बाहिरिने गरेका यात्रु यो बर्खायामदेखि सडकका कारण जाममा बस्नुपर्ने छैन । निर्माणाधीन सडकमा १९.५ किलोमिटर सडकमा बिबिएम बिछ्याइएको छ ।

विश्व बैंकको आर्थिक सहयोगमा नागढुङ्गा-मुग्लिन सडकखण्ड मर्मत तथा सुधारको काम तीन खण्डकमा भइरहेको छ । नागढुङ्गा-मुग्लिन सडक आयोजना प्याकेज नम्बर १ नागढुङ्गादेखि नौबिसेसम्म त्रिभुवन राजपथको सडक निर्माणसम्बन्धी सम्पूर्ण निर्माण कार्य गर्न जिअंशु र सगुन कन्स्ट्रक्सनले संयुक्त रूपमा वि.सं. २०७८ साल चैत २४ गते नागढुङ्गा-नौबिसे खण्डको १२.२६० किलोमिटर सडक सुधार तथा विस्तार रु. एक अर्ब ३१ करोड ८४ लाख एक हजार दुई सय १० लागतमा दुई वर्षमा सक्ने गरी सम्झौता गरी दोस्रोपटक म्याद थप गरेर काम गरिरहेको छ । हालसम्म २५ प्रतिशत काम सकेको छ । तर, दोस्रोपटक थप गरिएको म्याद २०८२ असार ११ गते सकिँदै छ । यसैगरी, नागढुङ्गा-मुग्लिन सडक आयोजना प्याकेज नम्बर २ नौबिसेदेखि मलेखुखोलासम्म पृथ्वी राजमार्गको सडक निर्माणसम्बन्धी सम्पूर्ण निर्माण कार्य गर्न शर्मा-लामा कन्स्ट्रक्सन र जेआइसिजीले संयुक्त रूपमा २०७८ साल चैत २४ गते नौबिसे-मलेखु खण्डको ४३.५४२ किलोमिटर सडक सुधार तथा विस्तार रु. पाँच अर्ब ३३ करोड १९ लाख २८ हजार सात सय ७४ लागतमा तीन वर्षमा सक्ने गरी सम्झौता गरी निर्माण कार्य गरिरहेको छ । तर, काम ३८ प्रतिशत मात्र भएको छ । तीनवर्षे म्याद २०८२ जेठ २५ गते सकिँदै छ । तोकिएको समयभित्र काम नसकेपछि म्याद थप गर्नुको विकल्प छैन भन्छन् परामर्शदाता कम्पनी अस्ट्रेलियाको एसएमइसी इन्टरनेसनल प्रालि, पिइसी लिमिटेड र रिपब्लिकन अप कोरिया इन एसोसिएसन, आइटिइसिओ र टिएमएसका परामर्शदाता राजेन्द्र पौडेल विकल्प छैन भन्नुहुन्छ ।

नागढुङ्गा-मुग्लिन सडक आयोजना प्याकेज नम्बर ३ मलेखुखोलादेखि मुग्लिनसम्म ३९ किलोमिटर सडक सुधार तथा विस्तार गर्न रु. चार अर्ब ५० करोडमा शर्मा कन्स्ट्रक्सन र जेडआइसिजीको तीन वर्ष २८ डिसेम्बर २०२५ सकिँदै छ । तर, काम सन्तोषजनक छैन । प्याकेज नम्बर १ नागढुङ्गादेखि नौबिसे सडकखण्डमा पहिलो चरणको बिबिएम बिछ्याउने काम नौबिसेदेखि खत्रीपौवा (सुरुङमार्गनजिक) सम्म सकिएको छ । दोस्रो चरणको बिबिएम पनि बिछ्याउने काम सकिँदै छ । पहिलो चरणको बिबिएम आठ सेन्टिमिटर र दोस्रो चरणको बिबिएम पनि आठ सेन्टिमिटरको हुन्छ । सर्वसाधारणले हेर्दा पिच सकियो भने पनि तेस्रो चरणको आक्सफाल्ट बिछ्याउन बाँकी छ । आक्सफाल्टचाहिँ पाँच सेन्टिमिटरको हुन्छ । कालोपत्रे पूर्ण हुँदा २१ सेन्टिमिटर बाक्लो हुन्छ । अहिले सुरुङमार्ग (झाप्लेखोला) देखि नागढुङ्गासम्म सबबेस र बेस बिछ्याउने काम चलिरहेको छ । अब एक महिनामा बिबिएम पनि बिछ्याइसकिन्छ । त्यसपछि बर्खायाममा सडक निर्माण कार्य वा सडक खाल्टाखुल्टी भएर सडक जाम नहुने पौडेलले बताउनुभयो ।

प्याकेज नम्बर २ नौबिसेदेखि मलेखुसम्म विभिन्न स्थानमा ११ किलोमिटरमा बिबिएम बिछ्याउने काम सकिएको छ । केही ठाउँमा दोस्रो चरणको बिबिएम बिछ्याउने काम भइरहेको छ । महादेवबेँसीदेखि गल्छीसम्म नौ किलोमिटर, मास्टरमा १.५ किलोमिटर र आदमघाटमा एक किलोमिटर बिबिएम बिछ्याएको छ । अरू स्थानमा सबबेस र बेस बिछ्याउने काम चलिरहेको छ । प्याकेज नम्बर १ नागढुङ्गादेखि नौबिसेसम्म आउने तिहारसम्म कालोपत्रे पूरा हुन्छ । प्याकेज नम्बर २ नौबिसेदेखि मलेखुसम्म कति समय लाग्छ भन्न सक्ने अवस्था छैन । अहिलेसम्म जम्मा ३८ प्रतिशत मात्र काम भएको परामर्शदाता पौडेलले बताउनुभयो । प्याकेज नम्बर १ को खानीखोलामा एउटा आकासेपुल निर्माण गर्ने योजनाअनुसार काम अघि बढेको छ । त्यहाँ पुल बन्ने पक्का-पक्की भएको छ । प्याकेज नम्बर २ को महादेवबेँसी, सिम्ले, गल्छी, गजुरी र मलेखुमा घरनजिक पर्ने मान्दैनन् । घरलाई असर नगर्ने आवश्यक छ, बनाउनुपर्छ भन्छन् । यी स्थानमा पुल आवश्यक हो, तर अहिले डिजाइन गरिएको पुल बन्ने सम्भावना निकै कम रहेको पौडेलले बताउनुभयो ।

 

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह