+
Search

ताजा अपडेट +

पपुलर +

तेस्रो आँखा

तेस्रो आँखा
त्रिशूली प्रवाह
१ महिना अगाडी

सङ्घीयताको जग स्थानीय तह मनमौजी भई राजाको ठाँट देखाउँदा जनताले सङ्ग्रहालयका राजा नै बिर्सने हो कि भन्ने चिन्ता लाग्या छ भन्या । चुच्चे नक्सा सार्वजनिक गर्ने तर छिमेकीलाई भन्न नसक्ने सिंहदरबारबाट सङ्घीयता जोगिएला भन्ने आशा गर्नु बेकार भएझैँ न्वाँकोटका १२ सिंहदरबारका प्रमुखको चाला पनि त्यस्तै छ । उपप्रमुखलाई बजेट ल्याउने वेला मात्र सम्झिने, कार्यान्वयन गर्ने वेला हेला गर्ने परिपाटीले बजेट प्रस्तुत भए पनि छलफलमा विलम्ब भएर करोडौँ सङ्घीय अनुदान चट भयो भने आसर्जे नमाने हुन्छ । सतीप्रथाजस्तो यो प्रथा खारेज भएन भने मिसन चौरासीमा ‘उप’ भन्ने पदमा उम्मेदवारी नै नपर्ला भन्ने चिन्तामा निर्वाचन आयोग रहेको तीन आँखाले देखिहाल्यो । आगामी वर्षका लागि सदरमुकामको पालिका सरकारले प्रतिपक्षलाई अलमल्याउँदै, फकाउँदै नीति तथा कार्यक्रम र बजेट समयमै प्रस्तुत गरेनि’ कुम्भकर्ण निद्रामा परेसि’ बहुमत बोकेर बस्ने प्रतिपक्ष ट्वाँ परेको टिठलाग्दो दृश्य हेर्नै सकिएन गाँठे । देशमा कहिले ऊसँग, कहिले कोसँग लब गरेर गठबन्धन गर्ने सङ्घीयताको ठेक्का लिएका दलकै कारण राजावादीहरू हौसिँदै गएको कसलाई था’नभा’हो र जेठान । गएको चुनावाँ रूख र हँसिया–हथौडा लगनगाँठो कसेर घामपाटीलाई विदुरमा सखाप पार्दाको मोहभङ्ग नहुँदा ज्यानलाई पर्नु पिर पर्यो । सङ्घ र प्रदेशाँ देउपा र ओली गठबन्धनले पुकदालाई कुर्सीबाट खसालेनि’ विदुराँ भने बजेट पास गर्न ज्वाइँनारायण र भ्राताश्रीले केको जोखना हेरिराख्या हुन्, ऐलेसम्म, त्रिनेत्र प्रतीक्षा गर्दाे छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह