+
Search

ताजा अपडेट +

पपुलर +

एसइईमा चार जिपिए ल्याउने विद्यार्थी रु.५० हजारसहित सम्मानित

एसइईमा चार जिपिए ल्याउने विद्यार्थी रु.५० हजारसहित सम्मानित
त्रिशूली प्रवाह
१ महिना अगाडी

धादिङबेँसी । धादिङ जिल्ला, नीलकण्ठ नगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसइई) मा चार जिपिए ल्याउने विद्यार्थीलाई सम्मान गरेको छ । नगरपालिकाभित्रका निजी तथा सामुदायिक विद्यालयबाट एसइईमा चार जिपिए ल्याउने पाँचजना विद्यार्थीलाई गत हप्ता जनही ५० हजार नगदसहित सम्मान गरेको हो ।

सम्मानित हुने विद्यार्थीमा न्यु किबो बोर्डिङ स्कुलका समीर भण्डारी र आयुष भण्डारी, नीलकण्ठ बालमन्दिर माविका सन्ध्या तिमिल्सिना, चिल्ड्रेन पार्क आवासीय माविका प्रिसिला तामाङ र सुनौलो भैरवी माविका प्रशंसा श्रेष्ठ रहेका छन् ।नगरपालिकाले उत्कृष्ट विद्यार्थी मात्र नभई, शतप्रतिशत विद्यार्थी ग्रेडेड गराउन सफल विद्यालयलाई समेत सम्मान गरेको छ । नगरपालिकाभित्रका विद्यालयमध्ये सर्वोत्कृष्ट विद्यालय प्रकाश मावि, लामागुरु महादेव मावि, महेन्द्र मावि र भैरवी माविलाई चार-चार लाख नगदसहित सम्मान गरिएको हो । जिल्लाका १३ पालिकाबाट आठजना विद्यार्थीले चार जिपिए ल्याएकामा तीमध्ये पाँचजना नीलकण्ठ नगरपालिकाभित्रका विद्यालयबाट रहेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह