+
Search

ताजा अपडेट +

पपुलर +

बाँसुरी र धिमेबाजा बजाउने तालिम सुरु

बाँसुरी र धिमेबाजा बजाउने तालिम सुरु
त्रिशूली प्रवाह
१ महिना अगाडी

विदुर । विदुर-२, नुवाकोटका बासिन्दा लोपोन्मुख परम्परागत धिमेबाजा बजाउन सक्रिय भएका छन् । विदुर-२ वडा कार्यालयले धिमेबाजा, धाबाजाको सेटसहित बाँसुरी खरिद गर्न नुवाकोट युवा क्लबलाई आर्थिक सहयोग गरेको थियो । क्लबले वडाको सहयोगमा खरिद गरिएको रु. एक लाख सात हजारको सामान शनिबार उपमेयर प्रभा बोगटीले वडाध्यक्ष दीपक कायस्थसहित वडासदस्यको रोहवरमा हस्तान्तरण गर्नुभएको थियो ।

वडाको सहयोगमा सोमबारबाट धिमे र बाँसुरी बजाउने तालिम सुरु भइरहेको क्लबका अध्यक्ष सरोज डङ्गोलले जानकारी दिनुभयो । महिला र पुरुषसहित ३० जना सहभागी तालिमको उद्घाटन नगर प्रमुख राजनलाल श्रेष्ठ र वडाध्यक्ष कायस्थले धिमेबाजा बजाएर गर्नुभएको थियो । सो कार्यक्रममा उपमेयर बोगटी, वडा नं. ४ का अध्यक्ष निलमबाबु ढुङ्गेल, १० का अध्यक्ष गणेश नेपालको उपस्थिति रहेको थियो । तालिमको प्रशिक्षण ललितपुरका रेगन मुल्मीले दिइरहनुभएको छ । वडाले अघिल्लो वर्ष महिलालाई पञ्चेबाजा बजाउन तालिम दिएर बाजाको सेट निःशुल्क उपलब्ध गराएको थियो । आव २०८१/०८२ मा वडालाई प्राप्त बजेटबाट धिमेबाजा, धाबाजाको सेटसहित बाँसुरी खरिद र तालिमका लागि रु.एक लाख ५० हजार छुट्याएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह