+
Search

ताजा अपडेट +

पपुलर +

धुनीबेँसीका वडाध्यक्ष सुवेदी पक्राउ

धुनीबेँसीका वडाध्यक्ष सुवेदी पक्राउ
त्रिशूली प्रवाह
१ महिना अगाडी

धादिङबेँसी । धुनीबेँसी नगरपालिका-४ का वडाध्यक्ष हरिप्रसाद सुवेदीलाई शनिबार बिहान काठमाडौँको कलङ्कीबाट प्रहरीले पक्राउ गरेको छ ।

वडाध्यक्ष सुवेदी सार्वजनिक किर्ते मुद्दाको सात महिनादेखि फरार प्रतिवादी हुन् । उहाँले उमेर नपुगेको नाबालकलाई उमेर पुगेको देखाई झुटो जन्मदर्ता प्रमाणपत्र तयार पारी सोही आधारमा नागरिकता बनाई त्यसको प्रयोग गरी जग्गा बिक्री गरेको अभियोगमा जिल्ला अदालत धादिङमा मुद्दा दर्ता गरिएको थियो । प्रहरीको खोजी सूचीमा रहेका सुवेदीलाई पक्राउ गरेपछि थप अनुसन्धानका लागि सोही दिन धादिङ ल्याइएको थियो । सुवेदी वि.सं. २०७९ को निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) बाट निर्वाचित वडाध्यक्ष हुनुहुन्छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह