+
Search

ताजा अपडेट +

पपुलर +

तेस्रो आँखा

तेस्रो आँखा
त्रिशूली प्रवाह
१ महिना अगाडी

भोटदेखि आएको बाढीले त्रिशूलीकिनारा क्षेत्रमा भएको धनजन तहसनहसको आँकडा अझै आउन बाँकी छ । यस विपत्तिमा पनि न्वाँकोटको पहिलो बिजुली उत्पादन गर्ने अड्डाका हाकिम सा’वले धमिलो पानीमा माछा मार्न खोजेको तेस्रो आँखाले चाल पाइहाल्यो । बिजुलीबाटै देश धनी बनाउने सपना बाँड्ने घामपाटीका प्रधानमन्त्रीले असहयोग महसुस नगरे नि’ त्रिशूली बिजुलीघरका कारण त्रिशूलीबजारमा पानीको हाहाकार भएको सरोकारवाला निकायले चालन पाउनु दुर्भाग्य नै हो । बाढी आएको हप्ता दिन हुँदासमेत नहरमा पानी चलाउने तयारी नगरेर केन्द्र प्रमुख पूर्वकार्यकारी निर्देशक घिसिङ सा’ब खोज्दै राजाका गाउँ गएपछि कर्मचारी अलमल्ल पर्ने नै भए । प्राधिकरणका नयाँ कार्यकारी निर्देशकलाई हित… असहयोग गर्दै आएका हाकिम सा’ब बिजुली उत्पादनमा ध्यान नदिई राजनीतिक जोडघटाउमा लाग्दा जिल्लाका नेता जिल्लराम परेको तीनआँखेले देखिहाल्यो । पुरानो मेसिन भन्दै बजेट स्वाहा पारेर काठमाडौँ लागेका केन्द्र प्रमुखलाई घिसिङ सा’बको प्रचण्ड निर्देशनविना विद्युत् झ्यापझुप रोक्ने गराउन मिसन चौरासी नै कुर्नुपर्ने भो बा !

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह