सङ्घीयताको लाभ कि राजनीतिक दलका नेतालाई कि त पालिकाका जनप्रतिनिधिलाई मात्र भएपछि जनताको आशा, भरोसा नधर्मराउने कुरै भएन । नेपालाँ गोरु जुधाएर चर्चामा आएको न्वाँकोटको ‘स्टारेश्वर’ पालिकामा यस वर्ष सङ्घीय सरकारबाट प्राप्त ससर्त अनुदान कार्यक्रमको एक दर्जन लाख स्वाहा पारेपछि अदुअआमा उजुरी पर्ने भएसि’ जनप्रतिनिधि तथा हाकिम र लेखा सा’ब मुटु दरो गरेर राख्नुस् है । केन्द्रीय सरकारबाट नयाँ तरकारी पकेट विकास कार्यक्रम सञ्चालनमा आएको बजेट कार्यक्रम नै नचलाई बाँडचुँड गर्दा नि’ एमाले र माउवादीका गाउँले नेता र्याल चुहाउँदै बसेका देख्दा आसर्जे लाग्छ । सहकारीका खातामा पैसा निकासा गरेर रु. पाँच लाखको चेक व्यवस्थापकको नाममा सटाएर पालिका पुर्याउनेको खोजी गर्दै बट्टार हावाघरतिर केही मान्छे चियागफमा रमाउने गरेको तिनआँखेले देखिहाल्यो । वडा नं. २ कामरेटको हालीमुहाली वडा भए नि’ पालिका अदच्छेसँग पिमलटार र श्रीकृष्ण माविका अध्यक्ष पद बाँडीचुँडी गर्ने गाउँले नेताको आले व्यवहारले दिक्क पूर्वमान्य खत्यौडा बाजे पार्टी छाड्न नसकेर भण्डारी आमातिर लाग्ने सुरसार कसेको पनि त्रिलोचनले चाल पाइसकेको छ है !
प्रतिक्रिया