+
Search

ताजा अपडेट +

पपुलर +

विदुरको खानेपानी सञ्चालनमा सेनाको सहयोग

विदुरको खानेपानी सञ्चालनमा सेनाको सहयोग
त्रिशूली प्रवाह
३ हप्ता अगाडी

विदुर । नुवाकोट जिल्लामा तैनाथ नेपाली सेना, शेर गणको सहयोगमा फलाखु खोलामा रहेको विदुर नगरपालिकामा वितरण हुँदै आइरहेको पानीको मुहान मर्मतसम्भार गरी सञ्चालनमा आएको छ ।

गत असार २४ गतेको बाढीले विदुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले विदुर नगर क्षेत्रमा वितरण गर्न ल्याएको पानीको मुहान बगाएपछि पानी आपूर्ति बन्द भएको थियो । उपभोक्ता संस्थाको अनुरोधमा शेर गणका अधिकृतको कमान्डमा ३५ जना फौज खटाई जिल्लास्थित अन्य सुरक्षा निकाय, विदुर खानेपानी आयोजनाका प्रतिनिधि, आमउपभोक्तासँगको सहकार्यमा बाढीले क्षति पुर्‍याएको खानेपानीको सञ्चालन गरेको गणले जानकारी दिएको छ । बाढीका कारण विदुर-१० स्थित बेत्रावतीमा रहेको विदुर नगरपालिकामा वितरण हुँदै आइरहेको मुहान बगाएपछि खानेपानी सञ्चयस्थल तथा आपूर्तिको प्रवेशद्वारमा क्षति पुर्‍याई अवरुद्ध भएको थियो ।

पानीको आपूर्ति गराउन साउन १ गते नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपालको सहयोग र विदुर खानेपानी संस्थाका प्रतिनिधि, आमउपभोक्ताको सहकार्यमा बाढीले क्षति पुर्‍याएको खानेपानीको सञ्चयस्थल र आपूर्तिको प्रवेशद्वारमा जाली भर्ने, ढुङ्गा/बालुवा पन्छाई व्यवस्थापन गर्ने तथा आवश्यक सरसफाइ गरी बाढीले क्षति पुर्‍याएको ठाउँमा पाइप जडान गरी पानीको आपूर्तिलाई निरन्तरता दिने कार्य सफलतापूर्वक सम्पन्न भएको संस्थाका अध्यक्ष सञ्जीवबहादुर श्रेष्ठले बताउनुभयो । विदुर खानेपानी आयोजनाअन्तर्गत विदुर नपाका अधिकांश स्थानका बासिन्दाले प्रयोग गर्ने उक्त खानेपानीको आपूर्ति बन्द हुँदा अत्यन्तै कठिनाइ भोगेका जनताले अहिले पानीको आपूर्ति नियमित भएपछि सहज महसुस गरेका छन् ।

 

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह