काठमाडौँ । सरकारले साउन महिनालाई डेङ्गी सचेतना महिनाका रूपमा मनाउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले साउन महिनालाई ‘डेङ्गी सचेतना महिना राष्ट्रिय अभियान’ घोषणा गरेको हो ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले प्रदेशका स्वास्थ्यमन्त्रीसमेत भर्चुअल माध्यमबाट सहभागी कार्यक्रममा यो अभियानको घोषणा गर्नुभएको हो । उहाँले साउन महिना डेङ्गी सङ्क्रमणको उच्च विन्दु पुग्ने तथा तीव्र हुने सुरुवात महिना भएकाले सङ्क्रमण तीव्र हुनुअगावै सचेतना अभियान थालनी गर्न सचेतना अभियान घोषणा गरिएको बताउनुभयो ।
प्रतिक्रिया