+
Search

ताजा अपडेट +

पपुलर +

स्वास्थ्य बिमामा झन्झटिलो व्यवस्था अन्त्य

स्वास्थ्य बिमामा झन्झटिलो व्यवस्था अन्त्य
त्रिशूली प्रवाह
२ हप्ता अगाडी

काठमाडौँ । स्वास्थ्य बिमामा सबैभन्दा झन्झटिलो मानिएको प्रथम सेवा विन्दुबाटै स्वास्थ्य सेवा लिनुपर्ने प्रावधान हटेको छ । यसअघि स्वास्थ्य बिमा गरेका बिमितले तोकिएकै ठाउँको प्रथम सेवा विन्दुबाट मात्रै पहिलोपटक सेवा लिने व्यवस्था रहेको थियो ।

प्रथम विन्दुबाट सेवा लिएपछि थप उपचारका लागि मात्र अन्य स्वास्थ्य संस्थामा प्रेषण गर्नुपर्ने व्यवस्था थियो । अब जुनसुकै स्थानमा प्रथम सेवा लिए पनि बिमितले जुनसुकै स्वास्थ्य संस्थाबाट सेवा लिन सक्नेछन् । स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक डा.रघुराज काफ्लेले नुवाकोटमा प्रथम सेवा विन्दु तोकिएको व्यक्तिले काठमाडौँको प्रथम विन्दु तोकिएको ठाउँबाट सेवा लिन सकिने जानकारी दिनुभयो ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह