+
Search

ताजा अपडेट +

पपुलर +

स्मृतिका पानाबाट बासी खबर

स्मृतिका पानाबाट बासी खबर
रामहरि बाजे
१ साल अगाडी

पुराना राजनीतिज्ञ खेमराज सेढाईं भन्छन् – दामोदर गौतमले दालचामल किनेर दिँदा दुई दिनसम्मको भोको पेट भरेको, आजको शेरबहादुर देउवा मालदार मन्त्रालयको भागबन्डा गरेर १५ रोपनीको दरबारमा बसेर नेपालीलाई बेच्छन्, के भन्नु ?

Satkar Machinery Center
Utsuk Books & Stationery

कागती निचोर्न कर्कलोको गाँठो पार्ने ढङ्ग नभएका व्यक्तिलाई भान्से बनाएमा बेहुली भतेर बिगार्छन् । जन्तीलाई मूर्ख भन्नेहरूले देश चलाउनुहुँदैन । मूर्खहरूले देश हाँक्न थालेपछि सिप, अनुभवको सबै दुरुपयोग भइरहेछ । त्यस ठाउँमा म भएको भए मेरा गुरुहरू कुलमान घिसिङ र हितेन्द्रदेव शाक्यजस्ता खारिएको सुनझैँ बिजुलीका उच्चस्तरीय विज्ञहरूलाई एउटै गजुर भएको मन्दिरमा राखेर संसारकै सामु नयाँनयाँ आविष्कार गरेर देशबाटै लोडसेडिङ हटाउने उपायदेखि आकाशमा चम्किने बिजुलीलाई समेत कैद गरेर मानवकल्याणमा उपयोग गराउनेसम्मका प्रयोगशाला बनाएर यस देशको मात्र होइन, विश्वकै खाँचो टार्ने उपायको खोेजी गर्ने-गराउने जिम्मा दिने थिएँ । खेत बाँझो राखेर गोरु जुधाउने हो र ?
मूर्ख जमातले पञ्चामृतलाई कोपरामा फालेजस्तै गरी मदारीले वानरलाई दोबाटामा लडाएरै कमाउधन्दा चलाएको देख्दा मजस्ता विश्वकर्माका पुजारीका सन्ततिका आँखा रसाएका छन् । पितृ र ईश्वर प्रभृत्ति एकैचोटि नाराज भएमा के-के होला ?

एउटा व्यक्तिलाई कुशल विज्ञ बन्न वाइसिएल बनेजस्तो सजिलो हुँदैन । बन्दर क्या जाने अदुवाका स्वाद ! घिसिङ र शाक्य बनाउन विश्वव्यापी शिक्षाले भर्नुपर्छ, कागजको पुतली होइन । आजको नेपाली सबै मुद्दा लड्न, घरैपिच्छे पार्टी खोल्न र नसक्ने जति बिदेसिन मात्र जन्मेका होइनन् । देश र जनतालाई चाहिने अनिवार्य वस्तु उत्पादनको भविष्य चाहिन्छ, चेतना भया !

विदुर-४, ढुङ्गे
बागवानी, नुवाकोट

प्रतिक्रिया

लेखकको बारेमा

रामहरि बाजे