धादिङबेँसी । धादिङ जिल्ला, गंगाजमुना-६ बांगेपिपल बसेराकी पार्वती कार्कीलाई एनसेलले करोडपति बनाएको छ । विदेशमा श्रीमान्सँग कुरा गर्नका लागि खरिद गरिएको एनसेलको ९९ को रिचार्ज प्याकले उनलाई एक्कासी करोडपति बनायो । उनको श्रीमान धनबहादुर कार्की बहराइनमा काम गरिरहेका छन् ।
एनसेलको ‘सधैं अन करोडपति’ योजनामा उनले एक करोड रूपैयाँको बम्पर नगद पुरस्कार जितेकी छिन् । उनले आठ वर्षअघि एनसेलको सीम किनेकी थिइन् र असारको तेस्रो साता रू. ९९ को ‘बेसिक रिन्युअल’ प्याक किनेर योजनामा सहभागी भइन । असार १ देखि ३२ गतेसम्म यो योजना सञ्चालन भएको थियो । गाउँमा खेती किसानी गर्ने कार्की महिला स्वास्थ्य स्वयम्सेविका पनि हुन् । एनसेलका अफिसर इनामुल कबिरले एनसेलको केन्द्रीय कार्यालयमा शुक्रबार आयोजित कार्यक्रममा कार्कीलाई बम्पर उपहारअन्तर्गतको एक करोड रुपैयाँ हस्तान्तरण गर्नुभएको थियो । बम्पर पुरस्कार बुझ्दै कार्कीले आफूले जीवनमा कहिल्यै नसोचेको उपहार प्राप्त गरेको बताइन् ।
प्रतिक्रिया