+
Search

ताजा अपडेट +

पपुलर +

सडक अवरूद्ध भएपछि बिरामीलाई उपचारको लागि हेलिकप्टर सहयोग

सडक अवरूद्ध भएपछि बिरामीलाई उपचारको लागि हेलिकप्टर सहयोग
त्रिशूली प्रवाह
१ हप्ता अगाडी

धुन्चे । रसुवा जिल्ला, गोसाईँकुण्ड गाउँपालिका-२ टिमुरेका ६७ वर्षिय लेम्बा तामाङको शनिबार सडकबाट लैजान असम्भव भएपछि हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौँ लगिएको छ । उहाँलाई एपेन्डिसाइटिसको समस्या देखिएपछि तत्काल हवाईमार्गबाट अस्पताल लगिएको परिवारले बताएका छन् ।

गत असार २४ र यही साउन १४ गते तिब्बतको लेन्देखोलाहुँदै भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले स्याफ्रुबेँसी-टिमुरे सडकखण्ड अवरूद्ध भएको थियो । सडक अवरूद्ध भएका कारण गोसाईँकुण्ड गाउँपालिका र ‘मेडिक्स एण्ड माउण्टेनेरियस फाउन्डेसन नेपाल’ को सहकार्यमा निःशुल्क रूपमा हेलिकप्टरमार्फत उपचारको लागि काठमाडौँ पु¥याइएको थियो । उहाँको अहिले काठमाडौँस्थित मनमोहन स्मृति अस्पतालमा उपचार भइरहेको, स्वास्थ्य अवस्था सामान्य रहेको गोसाईँकुण्ड स्वास्थ्य शाखाका संयोजक विमल घिमिरेले बताउनुभयो । गोसाईँकुण्डका अध्यक्ष कैसाङनुर्पु तामाङका अनुसार विपद्को समयमा आपत्कालीन उद्धारका लागि पालिकाले फाउन्डेसनसँग पूर्व सम्झौता गरिसकेकोले उद्धार कार्य तत्काल सम्भव भएको बताउनुभयो ।

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह