+
Search

ताजा अपडेट +

पपुलर +

कपिलेश्वर महादेवका पुजारीमा कट्टेल

कपिलेश्वर महादेवका पुजारीमा कट्टेल
त्रिशूली प्रवाह
१ साल अगाडी

पञ्चकन्या । नुवाकोट जिल्लाका प्रमुख देवस्थलमध्येको कपिलेश्वर महादेव मन्दिरको पुजारीको जिम्मेवारी कलाधार कट्टेलले पाउनुभएको छ । पुजारी खोपप्रसाद पण्डित शारीरिक रूपमा अशक्त भएपछि उहाँकै सहयोगीका रूपमा पूजा आराधना गर्दै आउनुभएका कट्टेललाई निरन्तरता दिइएको हो ।

Utsuk Books & Stationery
Satkar Machinery Center

कपिलेश्वर महादेवस्थान परिसर संरक्षण तथा उपभोक्ता समितिका अध्यक्ष लोकेन्द्र महतले तिन दशकअघिदेखि पूजा गर्दै आउनुभएका पण्डितले दैनिक पूजाआरती गर्न नसक्ने भएकाले स्थानीयवासीसँगको सरसल्लाहमा उहाँका सहयोगीलाई जिम्मा दिएको हो । साबिक कबिलास-३, हाल पञ्चकन्या-२ छापथोक स्थायी निवासी कट्टेललाई समितिले पुजारीमा निरन्तरता दिने निर्णय गरेको उपाध्यक्ष वासुदेव मिश्रले बताउनुभयो । गुठी संस्थानबाट मालपोत कार्यालयमार्पmत मन्दिरको पुजारीको खान्कीसमेत आव.२०८२/०८३ साउनदेखि समितिका सिफारिसमा कट्टेलले पाउनुहुनेछ ।

समुद्रमन्थनपछि कालकूट विष पिएका शङ्कर उत्तरापन्थ लागेको र ऋषिमुनिहरूले पछ्याउँदै गएकामा कपिलमुनि कविलासमा आएपछि अगाडि जान नसकी त्यहीँ बसे र शिवले ज्योतिर्लिङ्गमार्फत उनलाई दर्शन दिएको र मुनिले त्यहीँ तीर्थ स्थापना गरे । त्यसैले यसलाई कपिलेश्वर महादेव भन्न थालिएको बताइन्छ । योगी नरहरिनाथले पनि सो कुरा स्थानीयवासीलाई बताएका थिए । विसं २०४३ मा कपिलेश्वरमा रहेको मूर्ति चोरी भएकामा पछि पट्बारीमा फेला परेको र स्थानीय भक्तजनले २०४८ मा बाजागाजा गरी लगेको बताइन्छ ।

मन्दिरमा हालसम्म गोपीकान्त भेटवाल, तुलसीराम पण्डित, नवराज पण्डित र खोपप्रसाद पण्डित पुजारी रहिसक्नुभएको छ । मन्दिर परिसरमा नाट्येश्वरी, रक्षा विनायक, पातालदेवी, सिद्धि विनायक, सरस्वती, महालक्ष्मी, गलेश्वर बाबा, धर्मगुफालगायत मन्दिर छन् । यहाँ नियमित पूजाआरतीका साथसाथै नयाँ वर्ष, हरितालिका, विजयादशमी, बालाचतुर्दशी, श्रीपञ्चमी, महाशिवरात्रि, फागुपूर्णिमा र चैतेदसैँमा मा मेला लाग्ने गरेको छ । विसं २०६८ असार १ गते समिति जिल्ला प्रशासन कार्यालयमा दर्ता भएपछि मन्दिरको पूजापाठ, नगद तथा जिन्सी र भौतिक सम्पत्ति संरक्षण, प्रचारप्रसारका साथसाथै थप भौतिक पूर्वाधार निर्माणको काम भएको स्थानीयवासी बताउँछन् ।

 

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह