+
Search

ताजा अपडेट +

पपुलर +

त्रिशूली अस्पतालमा नाक, कान र घाँटी सेवा सुचारू

त्रिशूली अस्पतालमा नाक, कान र घाँटी सेवा सुचारू
त्रिशूली प्रवाह
३ दिन अगाडी

विदुर । नुवाकोटको जिल्ला अस्पताल त्रिशूलीमा बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको पहलमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट आउनुभएको आवशीय चिकित्सकद्वारा नाक कान घाँटीसम्बन्धी ओपिडीलगायतका सेवा सुचारू भएको छ ।

स्वास्थ्य सेवा विस्तारलाई तिव्रता दिंदै साउन २० गतेदेखि नाक, कान र घाँटी (इएनटी) सेवा थप गरिएको अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष उपेन्द्र बुढाथोकीले बताउनुभयो । थप सेवा थालनी समेत अब नुवाकोटसहित रसुवा र उत्तरी धादिङका सर्वसाधारणले इएनटी सेवा अस्पतालबाट पाएका छन् । दैनिक ओपिडीमा इएनटी सेवा लिनेको सङ्ख्या बढिरहेको अस्पतालका जनरल सर्जरी विभाग प्रमुख तथा निमित्त निर्देशक राजेन्द्र लामाले जानकारी दिनुभयो । स्वास्थ्य क्षेत्रको पूर्वाधार विस्तार, जनशक्ति वृद्धि र विशेषज्ञ सेवाको पहुँच जिल्लामै सुनिश्चित गर्न बागमती प्रदेश सरकारले अस्पतालमा विभिन्न कार्यक्रम दिएको छ । यसबाहेक जिल्ला अस्पतालमा महिला रोग, मानसिक, स्वास्थ्य, सामान्य शल्यक्रिया, प्रयोगशाला सेवालगायतको क्षेत्रमा पनि सुधारहुँदै आएको छ । यसअघि यो सेवा पाक्षिकरूपमा मात्र अस्पतालमा उपलब्ध थियो ।

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह