+
Search

ताजा अपडेट +

पपुलर +

तेस्रो आँखा

तेस्रो आँखा
त्रिशूली प्रवाह
५ दिन अगाडी

संविधानमा नलेखिए पनि ‘भागबन्डा’ शब्द वैधानिक बनेको हाम्रो देशमा आफ्नै पार्टीको आन्तरिक द्वन्द्वले बागमतीका मुख्यमुन्तरी राजीनामा दिन बाध्य ! तामाङ समुदाय र नुवाकोटबाट पहिलोपटक मुख्यमुन्तरी भएका बहादुर दादाको ठेक्दारी प्रवृत्तिले आफ्नै दलका सांसद बिचरा नरिसाएर के गरून् त ? मुख्यमन्त्रीले भन्दा पनि सचिवालयका आसेपासे र हरुवाचरुवाको बजेट साँठगाँठले पद स्वाहा ! पालिकामा हारेका छत्रलाई सचिवालयमा एकछत्र बनाएपछि मान्यज्यूहरूलाई पच्ने त कुरै भएन नि ? दलभित्र नीति मान्ने नेतृत्व नमान्ने प्रवृत्ति झाँगिँदा न्वाँकोटमा संस्थापनइतर पक्षलाई गुट बढाउन सहज ! मुख्यमुन्तरी पद गएपछि जिल्लाका केही थान कार्जेकर्ता अढाउन लामालाई धौधौ परेपछि केसी एन्ड महत कम्पनीलाई हाइसन्चो ।

 

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह