+
Search

ताजा अपडेट +

पपुलर +

आधुनिक लोकतन्त्र पनि सभ्य तानाशाही हुन सक्छ

आधुनिक लोकतन्त्र पनि सभ्य तानाशाही हुन सक्छ
रामहरि बाजे
१२ महिना अगाडी

विगतका अनुभवले देखाएको घटनाक्रमलाई नियाल्दा र यो आधुनिक लोकतान्त्रिक व्यवहार हेर्दा जे-जे नाटक भयो, हल्का नसामा पारेरै एक ढिक्का नुनले कुनै गोठालाले सयौँ भेडालाई ला ला भनेर कराएपछि चरिरहेका चरनभरिका सबै तँछाडमछाड गरी दौडेर गोठालाको हातको नुन चाट्न जान्छन् । जब एकपटक नुन चाट्छ तब उसलाई त्यही स्वादले तान्न थाल्छ । मान्छेहरू पनि नेताको नजिक त्यही नुन चाट्न लालायित भएर घण्टौँसम्म लाममा उभिन्छन् । पशु र मान्छेबिच तथा सबै नेता र जनताबिच उस्तै सम्बन्ध हुँदैन । कुनै निःस्वार्थ सम्बन्ध हुन्छ । हो, त्यस्तै पवित्र सम्बन्ध प्राविधिक ज्ञान दिने मेरा आदरणीय गुरु प्रतापसिंह रानाभाट, उद्योगका गुरु रवीन्द्रनाथ अर्याल (घरेलु अधिकृत) र राजनीतिका गुरु बद्रीराम भण्डारी र मेराबिच थियो ।

Utsuk Books & Stationery

राजनीतिजस्तो गरिमापूर्ण शब्दलाई मदहोसमा व्याख्या हुन थालेपछि यसलाई फोहोरमै राख्न थालियो । कसैले झुक्यायो भने पनि राजनीतिले नै दोष पाउँछ । कुकर्मी नेता र कुबुद्धिका झोलेसँग सत्पात्र र सत्विचारी राष्ट्रवादी यदुनाथ खनालजस्ता अनगिन्ती राष्ट्रसेवकलाई सँगै अपमान गरेमा पाप लाग्नेछ । त्यस्तै, अर्का पूर्णप्रसाद ब्राह्मणले राजालाई पनि आदेशका भाषामा लेखेको बिन्तीपत्रले ठुलो राष्ट्रिय ढुकुटीको रक्षा गरेको थियो । त्यतिवेला पञ्चहरू मिलेरै आजीवन निवृत्तिभरण पाउने विधेयक पारित गरेका थिए । त्यसको विरोधमा कसैलाई आजीवन भत्ता दिने हो भने यहाँ ठुलो रक्तपात हुने भनी उनले सम्झाएपछि विधेयक नै रद्द भएको थियो । अर्को घटना नेपाल राष्ट्र बंैकका गभर्नर कल्याणविक्रम अधिकारीले एक अर्ब डलर अन्तर्राष्ट्रिय सहयोग ल्याउने नाटक गर्ने भारत बम्बैका एक कथित दलालका वासस्थानमा पुगेरै त्यस परियोजना नक्कली भएको पत्ता लगाएर उसका नाममा स्विट्जरल्यान्डबाट भुक्तानी हुने गरी काटिएको चेकलाई रद्द गराउनुभएर नेपालको सम्पत्ति बचाउनुभएको थियो । यस्ता भ्रष्टाचार गराउने बिचौलियाले अहिले ठुलो समूह नै बनाइसकेका छन् ।

राष्ट्रवादी योगी नरहरिनाथदेखि प्रधानपञ्च भएरै आफ्नो घरखेतै बेचेर पनि श्री ५ र श्रीपेचको इज्जत धान्ने नुवाकोट जिल्ला, सामरी गाउँ पञ्चायतका तत्कालीन प्रधानपञ्च वृद्ध नरेन्द्रजंग खड्का र थानसिं खोलेगाउँका नेपाली सेनाका अवकाशप्राप्त कर्णेल शैलेन्द्रबहादुर महतले पनि राजदूत हुन छाडेर गाउँकै प्रधानपञ्च भई झोलाभरि कागजपत्र बोकेर खोलेगाउँदेखि सदरमुकाम विदुरसम्म पैदल हिँडेको मैले पनि देखे-भेटेको हो । प्रा.शङ्करदेव पन्तले नयाँ शिक्षाको विरोध गर्दै क्याम्पसकै पत्रिका जमरोमा लेख्नुभएको थियो, ‘यो नयाँ शिक्षाको लड्डुभित्रको नसाले नेपालका युवाको भविष्य बिगार्छ ।’ आज नयाँ शिक्षाले नेपाली युवालाई के-के सिकायो, नयाँ अपराधीको सङ्ख्या र अनुहार हेरेरै थाहा हुन्छ ।

विदुर-४ बागवानी, नुवाकोट

 

 

प्रतिक्रिया

लेखकको बारेमा

रामहरि बाजे