आफूले पचहत्तरै जिल्लाबाट दिएको सुझावका पोका नफुकाईकनै बिचौलियाले लेखेको संविधान ल्याएकाले जनता बलात्कारमा परेको महसुस गरिरहेका छन् । अनैतिक गठबन्धन बनाउँदै पालैपालो सत्ता कब्जा गरेर चलाउने तलदेखि माथिसम्मको सेटिङलाई हेर्दा यो संविधान देश र जनानुकूल छैन भन्ने स्पष्ट छ । सिङ्गै नेपालको विकास गर्न धरानको ढाँचामा विकास गर्ने गरी जनतालाई श्रममा विश्वास गर्ने तालिम दिइनुपर्छ । आआफ्नो गाउँको विकास आफैंँ गर्ने र सरकारी गाडीमा लर्कन लाएर आउने नेतालाई बहिष्कार गर्ने आँट देखाउन सक्नुपर्छ ।
यहाँ गणेश र कुमार प्रवृत्तिको विकास पनि निरन्तर गर्नुपर्ने देखिन्छ । गणेश प्रवृत्तिले घरव्यवहार, खेतीपाती, बस्तुभाउ पालन, जैविक खेतीका साथै गृहस्थ आश्रमबाट देशको राष्ट्रिय परम्परा विकास गर्दै ग्रामीण पर्यटनमा टेवा पु¥याई दीर्घकालीन विकास गर्न सिकाउँछ । यस संस्कारमा राष्ट्रियता छ । कुमार प्रवृत्तिलाई पनि निरन्तरता दिनैपर्छ । उनले मातापितालाई घरमा छाडेर विश्व भ्रमण गरी संसारको अध्ययन गरे । विद्या र नयाँ नयाँ इलम आर्जन गर्न विदेश गई फर्केका हाम्रा तन्नेरीहरू अहिले गाउँमा परम्परागत खेती, पशुपालन आदिलाई वैज्ञानिकीकरण गर्न सफल भएका छन् । तिनीहरूलाई भुरिभुरि धन्यवाद छ । भाग्यमानी देखेरै चेत्छ, अभागी परेर चेत्छ । इमानले नै भाग्य बनाउँछ । हामी स्वयं आआफ्ना भाग्यनिर्माता हौंँ भन्ने कुरा नबिर्साैँ ।
विदुर-४
बागबानी, नुवाकोट
प्रतिक्रिया