तेस्रो आँखा

तेस्रो आँखा
त्रिशूली प्रवाह
३ हप्ता अगाडी

जेन्जी, जेन्जी भन्छन्, कुन मुलुकबाट आयो हाम्रो नेपालाँ बुझिनसक्नु छ । दुई दिनमै सरकार गल्र्यामगुलृुम्म ढल्नु भनेको त त्यो कति कमजोर रेछ, थाहा भइहाल्यो नि । एउडो नेता त सधैँ भनिरहन्थे, यो बिचौलियाले बनाएको सरकार हो । विद्यादेवी भण्डारीको झाँको झार्न लाग्दा देश क्षणभरमै खरानी भएको टुलुटुलु हेरिरहनुपर्यो । न्वाँकोटाँ नि’ जेन्जी हो कि डेन्जी हो, को आन्दोलनले प्रतिनिधिसभाका दुई प्रमुख दलका काज्र्यालय तथा पञ्चायत, प्रजातन्त्र, गणतन्त्रका सदाबहार नेता तथा समयानुकूल परिवर्तन हुन सक्ने पूर्वमन्त्री, वर्तमान सांसद केसीको घरसमेत स्वाहा भो ! पार्टी अफिसदेखि नेताको घर डढाउन त्यही पार्टीका नेता/कार्जेकर्ता जेन्जीको आन्दोलनाँ घुसपेठ गरी नेतृत्व गर्दा उनको घर जलेको तेस्रो आँखाले टुलुटुलु हेरिरहनुपर्यो बा ! आन्दोलनको उद्देश्य विपरीत स्वार्थका रोटी सेक्नेहरू जिल्लातिर प्रतिशोध साँध्दै उद्दण्ड मच्चाउन अग्रसर हुँदा स्थानीय प्रशासनले जनधनको सुरक्षार्थ कर्फु नलाएर के गरून् त बिचरा !

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह