विदुर । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त त्रिभुवन त्रिशूली बहुमुखी कलेज विदुर-१ त्रिशूलीबजारको चौथो कलेज सभाले राजेशमान श्रेष्ठलाई सञ्चालक समितिका अध्यक्षमा सर्वसम्मत चयन गरेको छ । श्रेष्ठ कलेजका पाँचौँ अध्यक्ष हुनुभएको छ ।
विसं २०६० मा स्थापित कलेजको विधानअनुसार सञ्चालक समितिका सदस्यमा सावित्री बोगटी, परवेज आलम, नवीनकुमार जोशी, कुमारमान मलेकु श्रेष्ठ र राजु श्रेष्ठ चयन हुनुभएको छ । तेह्र सदस्य रहने सञ्चालक समितिमा स्ववियुको निर्वाचन नभएकाले विद्यार्थी प्रतिनिधिबाहेक नेपाल प्राध्यापक सङ्घका तर्पmबाट सुजित श्रेष्ठ, वडाध्यक्ष लेनिन रञ्जित, सदस्यसचिवमा क्याम्पस प्रमुख रिता पछाई र बाँकी तीन मनोनीत हुन बाँकी रहेको निवर्तमान अध्यक्ष नारायण श्रेष्ठले जानकारी दिनुभयो । क्यापस सभाको उद्घाटन बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामाले गर्नुभएको थियो । स्नातक र स्नातकोत्तर तहको पढाइ हुने कलेजमा यसअघि रामदास अमात्य, राजेश श्रेष्ठ, शुभलाल श्रेष्ठ, नारायण श्रेष्ठ अध्यक्ष भइसक्नुभएको छ । त्रिभुवन त्रिशूली माविले स्थापना गरेको कलेज, विद्यालयले उपलब्ध गराएको भवन र जग्गामा सञ्चालन भइरहेको छ । स्थापनाको दुई दशक बितिसक्दा पनि कलेजका नाममा जग्गा नहुँदा भवन निर्माणका लागि त्रिविको अनुदान प्राप्त हुन सकेको छैन ।
प्रतिक्रिया