फुटाइयो याङ्याङ खोलाको जोखिमयुक्त ढुङ्गा

फुटाइयो याङ्याङ खोलाको जोखिमयुक्त ढुङ्गा
त्रिशूली प्रवाह
२ हप्ता अगाडी

स्याफ्रुबेँसीे । रसुवा जिल्ला, गोसाईँकुण्ड गाउँपालिका–५ स्याफ्रुबेँसी नजिकको याङ्याङ खोलामा रहेको जोखिमयुक्त ढुङ्गा नेपाली सेनामार्फत ब्लास्टिङ गरेर यही भदौ २३ गते फुटाईएको छ । गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक योजनाअन्तर्गत स्याफ्रुबेँसी नजिक याङ्याङ खोलामा रहेको घर भन्दा ठूलो ढुङ्गा सडकपट्टि ढल्किरहेको कारण जुनसुकै बेला सडकमार्ग जोखिम हुने अवस्थामा रहेको थियो ।

विपद् व्यवस्थापन समिति रसुवाका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी राजेश पन्थीका अनुसार जिल्ला विपद् व्यवस्थापन समितिको पहलमा माथिल्लो त्रिशूली–१ (२१६ मेगावाट) जलविद्युत् आयोजनाको सहयोगमा स्याफ्रुबेँसी र १२ घुम्ती नजिकै रहेको याङ्याङ् खोलाको सडक भासिँदै गएको र साना ठूला सवारी साधन गुड्न असहज भएकाले सडक भन्दा माथि रहेको ढुङ्गालाई नेपाली सेनामार्फत बलास्टिङले फुटालिएको हो । यो ढुङ्गा फुटाउनुपर्छ भनेर पाँच वर्ष अघिदेखि नै आवाज उठिरहेको भएपनि हाल आएर उक्त ढुङ्गा फुटाएर धेरै राम्रो काम भएको, उक्त क्षेत्रमा सडक अवरोधको जोखिम कम हुने र सवारी आवागमनमा सहज हुने रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले बताउनुभयो । उक्त ढुङ्गा रहेको भागलाई नियन्त्रित ब्लास्टिङमार्फत ढुङ्गा फुटालिएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह