शिवम् सिमेन्टद्वारा जेन्जी आन्दोलनमा जलेको जिल्ला प्रशासन कार्यालय काठमाडौँको सरसफाई

शिवम् सिमेन्टद्वारा जेन्जी आन्दोलनमा जलेको जिल्ला प्रशासन कार्यालय काठमाडौँको सरसफाई
त्रिशूली प्रवाह
२ हप्ता अगाडी

काठमाडौँ । गत भदौ २३ र २४ गतेको जेनजी आम्दोलनपश्चात् काठमाडौँमा भएको आगजनी तथा तोडफोडका कारण सिर्जना भएको असुविधा र अव्यवस्था व्यवस्थापनका लागि शिवम् सिमेन्टले सरसफाई कार्यक्रम सुरु गरेको छ ।

कम्पनीले सोमबार जिल्ला प्रशासन कार्यालय, काठमाडौँसँग समन्वय गर्दै जिल्ला प्रशासन कार्यालय सरसफाई गर्नुकासाथै दैनिक कार्य सञ्चालन सहज बनाउन आवश्यक फर्निचर समेत सहयोग गरेको छ । कम्पनीका अनुसार, वर्तमान विषम् परिस्थितिमा आवश्यक सहयोग र श्रमदान प्रदान गर्दै, आगामी दिनमा समेत निरन्तर श्रमदान तथा सरसफाई कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । शिवम् सिमेन्टले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत समुदाय र शहरलाई व्यवस्थित र सफा बनाउन योगदान दिन प्रतिबद्ध रहेको जनाएको छ । वर्तमान परिस्थितिमा समुदाय र शहरको पुन निर्माणको लागि सहयोग र श्रमदान गर्नु हाम्रो कर्तव्य हो । हामी आफ्नो सामाजिक जिम्मेवारीअनुसार काठमाडौँलाई सफा, व्यवस्थित र सुरक्षित बनाउन निरन्तर प्रयासरत रहने छौं । (प्रायोजित)

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह