विदुर । जेनजीले गरेको सामाजिक सञ्जाल बन्द र भ्रष्टाचारविरूद्धको आन्दोलनका क्रममा नुवाकोटका दुईसहित देशभरिका ७३ जनाले ज्यान गुमाएका छन् । मृतक सूचीमा नुवाकोटका शुभराज बलामी श्रेष्ठ र धीरज श्रेष्ठसमेत छन् ।
गत भदौ २३ र २४ गते भएको आन्दोलनको दोस्रो दिन भदौ २४ गते बालाजु चौकी वरपर भएको विरोध प्रदर्शनमा सहभागी ककनी-१ ओखरपौवाका २७ वर्षीय शुभराज सुरक्षाकर्मीको गोली लागी घाइते भई उपचारका क्रममा र तादी-३ खरानीटारका २५ वर्षीय धीरजको घटनास्थलमा निधन भएको थियो । आन्दोलनमा बर्बर दमन हुँदा भदौ २३ गते २१ र २४ गते ५२ जनाले ज्यान गुमाएका छन् । दोस्रो दिन ज्यान गुमाउनेमा तिन प्रहरी, सुधारगृहबाट भाग्ने क्रममा पाँच बालक र कारागारबाट भाग्ने क्रममा पाँच कैदीले ज्यान गुमाए । त्यसैगरी व्यापारिक भवन र होटेलमा १५ को ज्यान गएको मध्ये तिनको मात्र सनाखत भएको छ ।
प्रतिक्रिया