+
Search

ताजा अपडेट +

पपुलर +

बडादसैँसम्म बेलिब्रिज निर्माण हुने गरी जमिन सतहको ढलान

बडादसैँसम्म बेलिब्रिज निर्माण हुने गरी जमिन सतहको ढलान
ज्ञानेन्द्र न्यौपाने
१ साल अगाडी

धुन्चे । नेपाल चीन सिमा क्षेत्रमा बेलिव्रिज निर्माणका लागि चिनियाँ प्राविधिकले ल्हेन्दे खोला बगरमा पिलर राख्ने भुई सतहको ढलान कार्य मंगलबार सम्पन्न गरेको छ ।

Satkar Machinery Center
Utsuk Books & Stationery

चिनियाँ पक्षले केही दिन अगाडि ल्हेन्दे खोलामा हिमपाईप राखेर आवतजावतमा सहज बनाई जग खन्ने उपकरण नेपालतर्फ ल्याएलगत्तै खोलाबगरको पिलार जग तयार गरेको सिमामा रहेका नेपाली सुरक्षाकर्मिले त्रिशूली प्रवाह साप्ताहिकलाई जानकारी दिएका छन् । लेकाली क्षेत्रमा दिनहुँ जसो वर्षाको कारण खोलाको पानी बहाव बढ्दै जाँदा राखिएको हिमपाइप भन्दा माथीबाट पानी बग्न गई निर्माण सामग्री ढुवानीमा अवरोध आएपछि निर्माण कार्यमा केही ढिलाई भएको बताइएको छ । रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीका अनुसार चिनियाँ पक्षले मितेरी पूल निर्माणको कामलाई निरन्तरता दिई रहेकाले दशैंसम्म बेलिब्रिज निर्माण हुनेछ । पहिलो चरणअन्तर्गत सामान ढुवानीका लागि ल्हेन्दे खोलामा राखेको हिम पाईपको माथिबाट केरूङमा रहेका एक सय ६३ नेपालीलाई केही दिन अगाडि नेपाल पठाए पनि खोला बगरमा हुन सक्ने जोखिम अवस्थालाई मध्येनजर राख्दै अब उप्रान्त भने मितेरी पुल निर्माण नभएसम्मका लागि खोला बगरबाट आवतजावतमा रोक लगाइएको छ ।

Suzuki New Bike & Scooter

गत असार २४ र साउन १४ को बाढीको असरले भत्केको स्याफ्रुबेँसी रसुवागढीखण्डको सडक टिमुरेसम्म ट्रयाक खोल्ने काम सम्पन्न भई सञ्चालनमा आएको छ । टिमुरे-रसुवागढी खण्डको ट्रयाक खोल्ने काम धमाधम अगाडि बढिरहेको गल्छी-त्रिशूली-मैलुङ-स्याफ्रुबेँसी-रसुवागढी सडक सुधार आयोजनाका आयोजना प्रमुख खड्गलाल श्रेष्ठले जानकारी दिनुभयो । टिमुरेको सैनिक पोष्ट नजिक कटिङ गर्ने काम भईरहेको र सम्भवत दुई/चार दिनभित्र ट्रयाक खुल्ला भई रसुवागढी मोटर पुग्ने जानकारी समेत दिनुभयो । पुराना मेसिन, असहज स्थान भीरमा काम गर्न अप्रेटर डराउने, निरन्तर वर्षा जस्ता समस्याले काममा ढिलाई भएपनि गरेका काममा मजबुत भएकाले यातायात सञ्चालनमा सडक दिगो हुने प्राविधिकले दावी गरेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

ज्ञानेन्द्र न्यौपाने