तेस्रो आँखा

तेस्रो आँखा
त्रिशूली प्रवाह
२ हप्ता अगाडी

गत हप्ता जेन्जी हो कि चेन्जी, डेन्जी आन्दोलनले देशलाई शोकाकूल बनाएर सरकारी काज्र्यालयहरू खरानीमा परिणत भए । आन्दोलनको राप र तापले आमूल परिवर्तन भएर नयाँ सरकार बनेनि’ स्थानीय सर्खारसम्म जनताले महसुस हुने गरी पुग्न नसकेपछि कसको पो के लाग्छ र खै ? सिंहदर्बार जलेनि’ त्यसको अधिकार प्रयोग गर्दै आफूले आफैं लाई राजा घोषणा गरेका सात सय ५३ मध्ये एक दर्जनलाई जेन-जीले दनक दिन भ्याएनि’ अरूको रवैया सेवक नभई शासक प्रवृत्ति कायमै देखिनु अचम्मै छ बा । यत्रो परिवर्तनलाई आत्मसात् गर्न नसक्दा न्वाँकोट, तारकेश्वरमा नागरिक सेवा आलु नै छ भन्या ! पालिका प्रमुखको प्रत्यक्ष संलग्नतामा सहकारीको आर्थिक अनुदान र विद्यालयको किर्ते हस्ताक्षर काण्ड छ्यालब्याल भएको महिनौँ बित्दानि’ कार्जेपालिकाको बैठक बोलाएर सत्यतथ्य बाहिर ल्याउन आलटाल गरिरहँदा अनुसन्धानको सुई उहाँप्रति नै सोझिने पो देखिन्छ गाँठे ! अहिले सर्वोच्च अदालत, अदुअआ र सिंहदर्बार डढेर खरानी भएकाले अब केही हुँदैन भन्दै प्रमुख बसेका भए उनै पशुपतिनाथले रक्षा गरून्, हे दैव !

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह