+
Search

ताजा अपडेट +

पपुलर +

देशभर रूट परमिट खुला

देशभर रूट परमिट खुला
त्रिशूली प्रवाह
१ साल अगाडी

काठमाडौँ । सरकारले सार्वजनिक सवारीको रूट परमिट चाडपर्वलाई लक्षित गर्दै खुला गरेको छ । अब यात्रुबाहक सवारी साधनले सोमबारदेखि रूट परमिटको नियम मान्नु पर्नेछैन ।

Utsuk Books & Stationery
Satkar Machinery Center

घटस्थापनादेखि पूर्णिमाको पर्सिपल्टसम्म (असोज ६ देखि २२ गते) सम्म नेपालभर लागु हुनेगरी रूट परमिट खुला गरेको यातायात व्यवस्था विभागले जनाएको छ । विशेष परिस्थितका कारण निषेध गरिएका सार्वजनिक सवारीलाई भने बन्देज नै गरिएको विभागले जनाएको छ । त्यस्तै बुटवल–नारायणघाट सडकखण्डको दाउन्ने क्षेत्रमा दसैं अवधिभर ठूला मालबाहक सवारी (१२ चक्के वा सोभन्दा माथि) सञ्चालन नगर्ने तर खाद्यान्नलगायतका अत्यावश्यक सामग्री ढुवानी गर्ने सवारीलाई भने निरन्तर सञ्चालन गर्न दिइनेसमेत विभागले जनाएको छ ।

Suzuki New Bike & Scooter

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह