तेक्वान्दो संघ रसुवाका अध्यक्षमा घले

तेक्वान्दो संघ रसुवाका अध्यक्षमा घले
त्रिशूली प्रवाह
१ हप्ता अगाडी

धुन्चे । रसुवा तेक्वान्दो संघको दोस्रो अधिवेशनबाट अध्यक्षमा रमेश घले चयन हुनुभएको छ । यही असोज १ गते कालिकास्थानमा भएको अधिवेशनबाट उपाध्यक्षद्वयमा सुरेश तामाङ, सन्जय तामाङ, सचिवमा विष्णुमान तामाङ र कोषाध्यक्षमा प्रविन तामाङ रहेका छन् ।

अधिवेशनबाट सदस्यमा सुनिल नगरकोटी, राजकुमार तामाङ, गौरव राना तामाङ, रस्बिना थापा मगर, कमनसिङ तामाङ चयन भएको प्रमुख निर्वाचन अधिकृतमा बुद्धिमान मोक्तानले जानकारी दिनुभयो । नेपाल तेक्वान्दो संघको विधानबमोजिम संघको आयोजनामा दोस्रो अधिवेशन रमेश घलेको सभापतित्वमा भएको थियो । अधिवेशनमा कालिका गाउँपालिकाका प्रमुख हरिकृष्ण देवकोटा, नेपाल तेक्वान्दो संघका वागमती प्रदेश प्रतिनिधि किशोर श्रेष्ठ, बागमती प्रदेश रेफ्री संयोजक दिनेश प्रधान, रसुवा खेलकुद विकास समितिका अध्यक्ष विराज लोप्चन र रसुवा खेलकुद विकास समितिका प्रमुख तथा रसुवा तेक्वान्दोको मुख्य प्रशिक्षक रमेशकुमार श्रेष्ठको उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह