खरानी सफाइ गरेर दलका कार्यालय सञ्चालन

एमालेको ‘म बनाउनेछु, मेरो पार्टी कार्यालय’ अभियान शुभारम्भ

खरानी सफाइ गरेर दलका कार्यालय सञ्चालन
त्रिशूली प्रवाह
१ हप्ता अगाडी

विदुर । गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट क्षतिग्रस्त भएका नुवाकोटका राजनीतिक दलका कार्यालय भवन सरसफाइ गरी सञ्चालन भएका छन् ।

नेपाली काङ्ग्रेस, नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यालय सरसफाइ गरेर दैनिक कामकाज सुरु गरेका छन् भने नेकपा (एमाले)ले पार्टी कार्यालय भवन बनाउनका लागि जग्गा खरिद र नयाँ भवन निर्माण अभियान शुभारम्भ गरेको छ । शुक्रबार जिल्ला कमिटीको पाँचौँ विस्तारित बैठकले ‘म बनाउनेछु, मेरो पार्टी कार्यालय’ भन्ने अभियान सञ्चालन गर्ने निर्णय गरेको अध्यक्ष बद्री मैनालीले जानकारी दिनुभयो । अहिले भइरहेको कार्यालयमा पार्टीका बैठक, भेला र कार्यक्रम गर्नका लागि पर्याप्त नभएको र सधैँ पार्टीका कार्यक्रम बाहिर गर्न परिरहेकाले खर्च र गोपनीयता पनि बाहिरिने कुरालाई मध्यनजर गरी जग्गा खरिद र नयाँ भवन निर्माण गर्न आर्थिक सहयोगसहित अन्य जिन्सी सहयोगका लागि पार्टीका नेता, कार्यकर्ता, शुभचिन्तक, शुभेच्छुकमा आग्रहसमेत गरेको छ । अन्य राजनीतिक दलले पनि क्षति पुगेका भवनलाई मर्मत र वैकल्पिक स्थान प्रयोग गरेर बैठक र छलफल थालेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह