तेस्रो आँखा

तेस्रो आँखा
त्रिशूली प्रवाह
१ हप्ता अगाडी

देश अहिले जेन-जीबाट डेन्जरमय भएको थाहा नपाउने कोही नहोला । हजारौँ कैदी छुट्ने र हतियार लुटिनाले गल्फलगायत युएईमा भिसा रद्द भएपछि देशै हलचल नहुने कुरै भएन । हरेक क्षेत्रको परिवर्तन चाहेका युवापुस्ता ढिलासुस्ती, भ्रष्टाचार र यथास्थितिलाई हेर्न त के शब्दसमेत सुन्न पनि चाहँदैनन् भन्ने हेक्का निजामती सेवासहित सबै क्षेत्रका कर्मचारीले राख्न नसके भाटे कारबाही भोग्दा आसर्जे नमाने हुने भो ! आर्थिक चलखेल हुने मालपोत, नापी काज्र्यालयदेखि विकासे अड्डाको निगरानी नगरे यी उपलब्धि त हात्ती आयो, हात्ती आयो फुस्सा भन्ने उखान मात्र सम्झने, पानी छम्कने ! छ दर्जनभन्दा बढी युवाको आहुतिले भएको परिवर्तन केन्द्रीय कारागार, न्वाँकोटाँ नआएको देख्दा अचम्मै लाग्छ बा ! कैदीलाई त हो नि भनेर उद्देश्यविपरीतका फर्मबाट सामग्री खरिद गरेको बिल अदुअआले केलायो भने पेन्सनमा घर जाने वेलाका कुँअर साबलाई सबैले राम राम त भन्देलान्, काँधै थाप्न त कुन महाकाली पो आउलिन् र ?

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह