+
Search

ताजा अपडेट +

पपुलर +

बागमतीमा लाइब्रेरी फाउन्डेसन

बागमतीमा लाइब्रेरी फाउन्डेसन
त्रिशूली प्रवाह
१ महिना अगाडी

काठमाडौँ । नेपाल लाइब्रेरी फाउन्डेसन नेपाल ‘गृहपुस्तकालय अभियान’ लिएर मुलुकभर सञ्जाल विस्तार गर्दै पठन संस्कृति जगाउन र जोगाउन लागिपरेको छ । केन्द्रीय समन्वय समिति काठमाडौँले आह्वान गरेअनुसार सातै प्रदेशमा प्रदेश समन्वय समिति गठन भइसकेका छन् । अठ्चालिस जिल्लामा जिल्ला समन्वय समिति समेत बनिसकेको छ भने बाँकी जिल्लामा पनि समिति गठन हुने क्रम जारी छ ।

फाउन्डेसनको बागमती प्रदेश समन्वय समिति पनि ‘गृहपुस्तकालय अभियान’ मा निरन्तर जुटिरहेको छ । बागमती प्रदेश संयोजकमा देवराज सिम्खडा र सहसंयोजकमा पवनराज पौडेल रहनुभएको छ । फाउन्डेसनको नियमानुसार जिल्ला समन्वय समितिका संयोजक नै प्रदेश समन्वय समितिका पदेन सदस्य रहने व्यवस्था छ । अतः सोही व्यवस्थाको परिधिभित्र रही बागमती प्रदेश समन्वय समिति गठन भएको हो । समितिमा रसुवाबाट कमलप्रसाद आचार्य, नुवाकोटबाट भेषराज रिमाल, धादिङबाट ध्रुव अधिकारी, चितवनबाट विष्णुप्रसाद लम्साल, मकवानपुरबाट अङ्कुरप्रसाद गौतम, काठमाडौँबाट घनबहादुर थापा, ललितपुरबाट मञ्जु ज्ञवाली, भक्तपुरबाट डा दुर्गाप्रसाद बराल, काभ्रेपलाञ्चोकबाट चन्दप्रसाद हुमागाईँ, सिन्धुपाल्चोकबाट राधाकृष्ण श्रेष्ठ, दोलखाबाट शङ्करलाल श्रेष्ठ र रामेछापबाट केशबहादुर श्रेष्ठ रहनुभएको छ ।

अहिले स्थानीय तहमा ‘गृहपुस्तकालय अभियान’ गाउँपालिका र नगरपालिकामा समन्वय समिति गठन गर्ने क्रम चलिरहेको संयोजक सिम्खडाले बताउनुभयो । नयाँ पुस्तामा पठन संस्कार हट्दै गएकामा चिन्ता व्यक्त गर्दै अभियानले ‘सबैका लागि पुस्तक, सधैँका लागि ज्ञान’ मूल मन्त्रका साथ ‘एक घर एक पुस्तकालय’ जनजागरण कार्यक्रममा घर घरबाट सहभागी भई पठन संस्कृतिको संवद्र्धन र प्रवद्र्धनमा सक्दो सहयोग गर्न सबैमा अनुरोध गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह