कुन पातालाड’ फुत्त निस्केर जिन्दगीभर नामै नसुनेका जेन्जीले मुलुकाँ तेत्रो आन्दोलन गर्दा नि पटक्कै था’ नपाउने मनुवा भनम् कि राष्ट्रसेवक, हाँरै न्वाँकोटाँ छन् भन्या ! दुई-दुईवटा बाटाका काज्र्यालय रहे नि’ सटकको चटक हेरिनसक्नु छ गाँठे । तेत्रो खाल्टाखुल्टीले हैरानीमा परेका नागरिकका मुखाँ बुझो लगाउने अवसर बाटाका हाकिम र कर्मचारीलाई नआएको देख्दा कठै मात्र भन्न मन लाग्छ । अनि जिल्लाँ मात्र नभएर प्रदेश र देशकै उत्कृष्ट हुन पुग्या’ सरखारी अस्पतालाँ नेपाल टेल्कमको आँखा नपर्या देख्दा नि’ त्यहाँका कर्मचारीले काँको तलबभत्ता खा’र बसेका हुन्, भनी सोध्न मन लाग्छ । कोलनीको अस्पताल परिसरमा म्यासेन्जर, ह्वाट्सएप, भाइबारबाट मात्र सम्पर्क गर्नुपर्दा टेल्कम फेल्कम भो भनेर नागरिकले भनिसक्दा नि’ टेलिफोनको ठाँडाले अर्को कुन फेन्जी कि जेन्जी आन्दोलन कुर्या हो, कुन्नि ?
प्रतिक्रिया