त्रिग्या सहकारीको अध्यक्षमा पुनः अनिल चयन

त्रिग्या सहकारीको अध्यक्षमा पुनः अनिल चयन
त्रिशूली प्रवाह
१५ घण्टा अगाडी

विदुर । त्रिग्या बहुउद्देश्यीय सहकारी संस्था विदुर-९ नुवाकोटको चौथो वार्षिक साधारणसभाले सञ्चालक समिति पुनर्गठन गरेको छ । यही असोज ३ गते सम्पन्न सभाले समितिको अध्यक्षमा पुनः अनिलकुमार तामाङलाई चयन गरेको छ ।समितिको उपाध्यक्षमा घमानसिं तामाङ, कोषाध्यक्षमा मधुकुमारी लामा, सचिवमा दलबहादुर गुरुङ, सहसचिवमा रजनी गुरुङ र सदस्यमा वीरबहादुर गुरुङ, कृष्णबहादुर गुरुङ, अनिता गुरुङ, बमबहादुर गुरुङ चयन हुनुभएको छ ।

सहकारीको लेखा समिति मेखमाया तामाङ घले संयोजक र सदस्यमा कुमारी तामाङ गुरुङ, सिक्देबहादुर तामाङ रहनुभएको छ भने ऋण उपसमितिको संयोजकमा कृष्णबहादुर गुरुङ र सदस्यमा शोभा हिमरुङ, आइसिं तामाङ चयन हुनुभएको छ । ‘सबैका लागि एक र एकका लागि सबै’ भन्ने नारालाई आत्मसात् गर्दै विसं २०७८ भदौ १६ गते ४० जना सेयर सदस्यको रु.४० लाख पुँजीबाट स्थापना गरेको सहकारीमा हाल पाँच सय १९ सेयर सदस्य र रु.तीन करोड सेयरपुँजी रहेको छ । सहकारीले साधारणसभा गरेर गत आवको आय-व्यय सार्वजनिक र अनुमोदन गरेको छ । सहकारीले चालू आव २०८२/०८३ मा सेयर सदस्य ६ सय पु¥याउने प्रस्ताव पारित गरेको छ । गत आव २०८१/०८२ मा सहकारीले ब्याज खर्च रु.१० लाख ६१ हजार पाँच सय दुई, कार्यालय सञ्चालन खर्च रु.१३ लाख २६ हजार आठ सय २७ गरी खुद नाफा रु.तीन लाख ८२ हजार तीन सय ६० आर्जन गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह