आमाको हत्याका अभियुक्त कँडेल पक्राउ

आमाको हत्याका अभियुक्त कँडेल पक्राउ
त्रिशूली प्रवाह
१४ घण्टा अगाडी

धादिङबेँसी । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका-५, थापाकठेरीमा एक युवकले आफ्नै जन्मदिने आमाको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार ३० वर्षीय यमबहादुर कँडेलले धारिलो हतियार प्रहार गरी ५४ वर्षीया आमा राममाया कँडेलको हत्या गरेका हुन् ।

प्रहरी उपरीक्षक भेषराज रिजालका अनुसार घटनापछि यमबहादुरलाई आइतबार राति ९ बजे पक्राउ गरी जिल्ला प्रहरी कार्यालय धादिङ ल्याइएको छ । प्रहरी घटनास्थलमा पुग्दा कँडेल हातमा खुँडा बोकेर हिँडिरहेको अवस्थामा भेटिएका थिए । पछि घरभित्र प्रवेश गरेपछि प्रहरीले त्यहीँबाट नियन्त्रणमा लिएको एसपी रिजालले जानकारी दिनुभयो । आफ्नै आमाको हत्या गर्नुको कारण भने खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह