+
Search

ताजा अपडेट +

पपुलर +

उच्च सतर्कता अपनाउँदा मानवीय क्षति शून्य

उच्च सतर्कता अपनाउँदा मानवीय क्षति शून्य
त्रिशूली प्रवाह
१ साल अगाडी

विदुर । बडादसैँमा देशभर मनसुनको प्रभावले असर पारे पनि नुवाकोटमा भने मानवीय क्षति नभएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।

Utsuk Books & Stationery
Satkar Machinery Center

त्रिशूली, तादी, लिखु नदीको उच्च जोखिम रहेका क्षेत्रमा यसपटकको वर्षात्ले कुनै पनि मानवीय क्षति नभएको प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले जानकारी दिनुभयो । जोखिम हुने अवस्था आउनुपूर्व नै सचेतना अपनाएर जोखिम न्यूनीकरण गर्न लागिपरेकाले मानवीय क्षति नभएको उहाँले बताउनुभयो । प्रजिअ घिमिरेले भन्नुभयो, ‘असोज १८ गतेदेखि आएको भारी वर्षाको असरलाई ध्यान दिएर जोखिम भएको स्थानका सडकमा सवारीसाधन सञ्चालनमा रोक लगाएका थियौँ, उक्त सडकमा राति पूर्णरूपमा सवारीसाधन चलाउन रोक्यौँ ।’ अहिले जिल्लाका सबै सडकमार्ग सहज रूपमा सञ्चालनमा रहेका छन् ।

Suzuki New Bike & Scooter

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह