जमाना मिडियाको जो छ । मानिसहरू कहाँ कसरी भाइरल र ट्रोल हुन पाइन्छ भनेर दिमागमा बोकेर हिँडिरन्छन् । देख्नुभएन, हाम्रो न्वाँकोटाँ नि’ पोर’परार एउटाले दिनभर बिजुलीका तारमा चढेर उधुम मच्चाएको । अँ, भर्खरै यहीँको एउडो केटो जिउमा जिउँदो सर्प बोकेर हिँडेकाले भाइरल भयो । अर्काे भाइरल कथा सुन्ने हो त – यहीँका एक पालिका प्रमुखले कुनै पनि कार्जेक्रममा आफू प्रमुख अतिथि नहुने निर्णय गरेर जगै हँसाए । काठमाडौँ बस्दा सम्पर्क बढाएर प्रायोजन खोज्दै माघेसंक्रान्तिमा गोरु जुधाएर हौसिएर गाउँले प्रमुख बन्न सफल भए पनि राजनीतिमा असफल । पालिकाका राजा भन्दै शासन गरेका कलियुगका ती महादेउले साढे दुईबर्से कार्जेकालमा बेथिति, विसङ्गति र भ्रष्टाचारलाई प्रोत्साहन गरेर रेकर्ड तोडेकाले अब कसैले नि’ प्रमुख अतिथि नबनाउने भएकाले सो निर्णय गरेका हुन् कि क्या हो, उनकै अधिकारी बन्धुहरू दिनहुँ बट्टार हावाघरतिर खुच्चिङ गरेर बसेका छन् भन्या ! सेवाग्राहीलाई सास्ती दिएर नागरिक शासनको हुर्मत लिन तल्लीन त्रिलोचनले जेन-जीले भाटा कारबाहीमा पार्ने डरले त्यस्तो निर्णय गरेका पो हुन् कि, त्यो त समयले नै पुष्टि गर्ला ब्रो !






प्रतिक्रिया