+
Search

ताजा अपडेट +

पपुलर +

जालपादेवी मन्दिरमा शिवकुण्ड निर्माण

जालपादेवी मन्दिरमा शिवकुण्ड निर्माण
त्रिशूली प्रवाह
१ हप्ता अगाडी

देवीघाट । विदुर-५, देवीघाटस्थित जालपादेवी मन्दिरपरिसरमा पानीको फोहोरासहितको एक सय आठ शिवकुण्ड निर्माण भएको छ ।

ऐतिहासिक, सांस्कृतिक, धार्मिकस्थल देवीघाटमा बेलकोटगढी-१३ दाङ्मै स्थायी घर भएका हाल अमेरिकामा बसोबास गर्दै आएका रूपक लोहनीले निजी खर्चमा कुण्ड निर्माण गरेको जालपा क्लबका अध्यक्ष नवीन चित्रकारले जानकारी दिनुभयो । जलदेवीको मन्दिर प्राङ्गणमा लोहनीको खर्चमा रङ्गीचङ्गी विद्युतीय संरचनाको शिवकुण्ड निर्माणले थप आकर्षण बढाएको स्थानीय समाजसेवी रामशरण वस्तीले बताउनुभयो । देवीको मन्दिर त्रिदेशीय गल्छी-त्रिशूली-मैलुङ-स्याफुबोसी-रसुवागढी सडकमार्गसँगै छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह